नौगाड गाउँपालिकाले असार ३ गते राती आएको अविरल वर्षा संगैको बाढी पहिरोका कारण पीडित बनेका परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर २ र ३ का दुई दर्जनबढी परिवारलाई राहत वितरण गरेको हो ।
बाढी पहिरोमा परि पूर्ण रुपमा घरमा क्षति पुगेका, पशु चौपाया, खाद्यान्न, लत्ता कपडा, क्षति पुगेका परिवारलाई गाउँपालिकाले राहत वितरण गरिएको नौगाड गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रप्रसाद ठगुन्नाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको नेतृत्वमा गएको टोलीले पीडितहरुलाई कम्मल, त्रिपाल, मेट्रिक्स, वितरण गरेको छ । बाढी पहिरोका कारण विद्यालयमा बस्दै आएका ५ परिवारलाई जनप्रतिनिधी र कर्मचारीले व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेका छन् ।
घर बगाएपछि खाद्यान्न जोहोे गर्न धौधौ परेका ५ परिवारलाई ८ हजार ९ सय १५ रुपैयाँ व्यक्तिगत रुपमा संकलन गरि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो ।
यसैबिच वडा अध्यक्ष बहादुर सिह बोहराको संयोजकत्वमा नौगाड गाउँपालिका ३ मा वडा भित्रका २३ जना अति गरीब बिपन्न तथा कोरोना भाइरसको कारण लकडाउन तथा खाद्यान्न अभावका कारण समस्यामा परेका घरपरिबारहरू र नौगाड २ गोधानिका बढी पहिरो पिडित २ घरपरिवार गरि २५ घरधुरीलाई प्रति घरधुरी ४० किलो ग्राम चामल, २ गोटा साबुन, १ लिटर तेल, र १ किलो ग्राम कपडा धुने सोडा बितरण गरीएको स्थानीय प्रकाशसिह धामीले जानकारी दिनुभयो ।
राहत बितरण कार्यमा वडा समिति सदस्यहरू, वडा सचिब गिता भट्ट, उद्यम बिकास सहजकर्ता सन्तोष सिह ठगुन्ना लगायत वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
लकडाउन शुरु भएदेखि हालसम्म वडा नम्बर ३ बाट १८ क्विन्टल ९० किलो ग्राम चामल र ६६,१०० रुपैया नगद र १० किलो ग्राम नुन संकलन भएको छ । संकलित राहत बाढी पहिरो पिडित गरीबीका कारण समस्यामा परेका घरधुरी हरूलाई वितरण गरीने वडा अध्यक्ष बहादुर सिह वोहराले बताउनुभयो ।
नौगाड गाउँपालिका बाढी पहिरोले दर्जनौ घर बगाएको छ भने थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ । करोडौँको भौतिक संरचनामा क्षती पुगेको गाउँपालिकाले जनाएको छ
तपाईको प्रतिक्रिया