Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

पुरानो सर्प सँस्कृतिसँग जोडिएको आजको नाग पञ्चमी !


पुरानो सर्प सँस्कृतिसँग जोडिएको आजको नाग पञ्चमी !

–आलोक भारद्वाज

मानब समाजको बिकासको क्रममा देखा परेको सर्प सँस्कृति निकै पुरानो सँस्कृति हो । यसलाई नाग पञ्चमीकारुपमा मनाउने गरिन्छ । सर्प देख्नासाथ मानिसहरुको आँङ सिरिङ्ग हुन्छ । तर सबै सर्पहरु मानिस या अरु कुनै जीव जन्तुका संहारक हुँदैनन् । ती मानब सहयोगी पनि हुन्छन् । नाग अर्थात बिषधर सापहरुको सयकडौ प्रजातिहरु छन् । ती चीन,भारत,जापान, बर्मा, अस्ट्रेलिया ब्राजिल मलेशिया, इण्डोनेशिया आदि गर्मी प्रदेशहरुदेखि लिएर समुद्रको अथाह गहिराईसम्म जति ठूल्ठूला सर्प बंश कायम रहेका छन् ती सबैको गन्ति गर्न प्रायः कठिन छ ।

ती मध्ये बिशालकाय र दीर्घजीवी एउटा सर्प हो – अजिङ्गर । यो छ महिनामा एक पटक शिकारका निमित्त बाहिर निस्कन्छ । बाँकी समय आरामसँग बासनामा बिताउँदछ । भनिन्छ – त्यस क्रममा उसलाई कसैले छेडछाड गरेर जिस्क्यायो भने जतिसुकै लामो सयम लगाएर भए पनि त्यसको परमधाम गराएरै छाड्छ । हाम्रो वरिपरी घुम्ने प्रसिद्ध सर्प ‘कोब्रा’ र ‘हरेऊ’ तथा काला सापहरु सामान्य सर्प जातिकै हुन् र ती कुनै परभक्षीले नखाइएमा सडकडौ बर्षम्म जीवित रहन सक्छन्  साप या नागलोकबासीहरुले कसैलाई हैरान पार्दैनन् । दुःख दिदैनन् । यति हो कि तिनलाई कुनै किसिमले पनि जिस्क्याइनु हुदैन । ती कतै बाटोमा भेटिएनै भने पनि केही नगरी आफ्नो बाटो लाग्दछन् । तर उनीहरलाई आघात पुग्यो भने छाड्दैनन् ।

के मानिएको छ भने सर्प जातिको आँखामा सुक्ष्मदर्शी यन्त्र हुन्छ । त्यसबाट उसले आफ्नो पुरानो बाटो, स्थान मात्रै होइन, त्यस्ता मानिसहरुको पनि अमिट छबि कायम रहेको हुन्छ जसले उसमाथि आक्रमण गरेको हुन्छ । त्यसको बदला लिन सर्प निरन्तर कोशिशमा हुन्छ र कुनै पनि बेला भेटेमा प्राण लिन सक्तछ । सर्प रुप बदल्न पनि सिपालु हुन्छन् र आफ्ना शत्रुलाई मारेर जोगिन सक्तछन् भनिन्छ । बाज या गरुडले भने सर्पको शिकार गर्दछन् । तिनलाई सर्पले ठुुँग्दा त्यसको बीषले पनि छुँदैन ।

जुन नागपञ्ची पर्व मनाइन्छ साउन शुक्ल पञ्चमीका दिन त्यो सर्पका काल भय, बिषजन्य मृत्यु आदि सर्पसँग सम्वन्धित कठिनाईहरुबाट जोगिन र सर्पमैत्री बन्नका निमित्त मनाइने पर्व हो । यो पर्व बिभिन्न देशमा बेग्ला बेग्लै समय र बेग्ला बेग्ले किसिमले मनाइन्छ । चीनमा ड्रयागनको पूजा गरिन्छ । त्यो महानाग पूजा हो र त्यस नागलाई चीनमा राष्ट्रिय चिन्ह प्रतीकको रुपमा पनि लिइन्छ । त्यसैले चीनलाई ड्र्यागनको देश पनि भनिन्छ।

नाग सर्प प्राय सँधै आफ्नो जोडीसँगै रहन्छ । कुनै बेला अगाडि पछाडि भइहाले भने पनि ती एक अर्काबाट अलग्गिएर रहँदैनन. । तिनले कुनै पनि स्थानमा आफ्नो स्थायी आवास बनाउँदैनन् । ती युगल सर्पमाथि कसैले कुनै बेला हमला ग¥यो या मा¥यो भने अर्कोले त्यो मानिसको छबिलाई आफ्नो आँखामा फोटोकपीको रुपमा अंकित गरेको हुन्छ र त्यसको बद्ला लिन निस्कने गर्दछ । त्यसको संहार नगरेसम्म पिछागर्न छोड्दैन । यसै आधारमा बिष कन्या र इच्छाधारी नागको कथा बनेको देखिन्छ ।

बिश्वमा डायोनसरको कालखण्डपछि एउटा समय सर्प प्रजातिका घस्रने प्राणीहरुको संसार समुद्र तलदेखि पृथ्वीको सतहसम्म फैलिएको मानिएको छ । तर कालान्तरमा मानबजातिको बिकासले यो धरतीबाट बिशाल काय नागहरु हराउँदै गए । सर्प र मानिस बीच परस्पर शत्रुभाव पैदा भयो । सर्पले पनि आफुमाथि हमला गर्नेलाई बदला लिन्छ भन्ने कुरा बुझ्दै गए पछि यसको पूजा आजा अर्थात योसँग समझौता गरेर मैत्रीपूर्ण तरीकाले रहने एकले अर्कोलाई बाध नपु¥याउने कुरा शुरु भयो ।

हामीकाहाँ प्रसिद्ध टौदह छ जहाँ कर्कोटक नामको नागराज बस्ने गर्दछ भन्ने मान्यता रहेको छ। नागका बिभिन्न नाम दिइएको छ । अनन्त, बासुकी, शंख, पद्म,कम्बल, कर्कोटक, अश्वतर, धृतराष्ट्र, शंखपाल, कालिया, तक्षक र पिङ्गल । यी बारवटा नागलाई महिनाको एउटाको हिसावले पूजा गर्ने चलन पनि छ । आफ्ना पिता परीक्षितका लागि जन्मेजयले नागपूजा गरेर उनको बीषोपचार गरेको कथा महाभारतमा पाइन्छ । सर्पको बंशलाई मानिसहरुले अपनाएर राजबंश नै चलाएको पाइनुले पनि वास्तवमा नाग पूजाको ठूलो महत्व रहेको बुझाउँदछ ।

नाग परम्परालाई गहिरोसँग बुझ्दा आज जुन नाँग टास्ने प्रचलन छ त्यो प्रचार प्रसारको एउटा भाग मात्र हो भन्ने बुझ्न सकिन्छ ।

एकजना पूरातत्वबिद्का अनुसार नागबंशी या नागलोक जे भनिए पनि ती एक समयमा हिमलयमा रहने गर्दथे । ती अत्यन्तै परिश्रमी थिए ज्ञानी पनि थिए । नागकन्याहरु अत्यन्तै सुन्दर हुने गर्दथे । त्यसैले तिनको पौराणिक इतिहासमा धेरै उल्ल्ेख गरेको पाइन्छ । अर्जुनकी पत्नी ऊलुपी त्यस्तै एउटी नागकन्या रहेको बताइएको छ । नागलोकले प्राचीन समयमा चीन र भारतका बीच सम्वन्ध कायम राखेको कथा पनि छ । मानिसको बंशलाई नागसँग जोडेर नागबंश समेत चलाएबाट र नागको बिष जम्मा गरेर तीर धनुषमा प्रयोग गर्ने गरिएबाट पनि नागको महत्व निकै ठूलो थियो भन्ने बुझ्न सकिन्छ । अर्कोतर्फ कयौ नागहरु आफ्नो कर्म र ज्ञानका कारण ऋषि बनेको कुरा ऋग्बेदमा समेत उल्लेख छ । कपिल मुनीलाई नै नागराज भन्ने गरिएको छ । जसले राजा सागरका ६० हजार पुत्रलाई भस्म बनाएको कथा छ । अर्का महर्षि जरतकारु पनि यस्तै नाग थिए । उनलाई बासुकी नागकी बहिनी मनसाको छोरा मानिन्छ । जरतकारुका पुत्र आस्तिकले त जन्मेजयको यज्ञमा धेरै नागहरुको ज्यान बचाएको कुरा पनि छ । शेष र अनन्त नागलाई उच्च स्थानमा पुगेको नागको रुपमा लिइन्छ । समुद्र मन्थनको जुन कथा छ त्यसमा अनन्त नागको सहयोग लिइएको कुरा आउँदछ । किनकि अनन्त सामुद्रिक कार्यमा बिशेष दक्ष थिए । रावणले पनि आफुलाई नागबंशी भन्ने गरेको थियो । नागसँग सम्बन्धित धेरै मठ मन्दिर आज पनि खडा छन् । ती सबैलाई र्हेदा र केलाउँदा नाग पञ्चमीको महत्व र प्राचीनतालाई बुझन सकिन्छ । महाभारतकालीन जरासन्ध पर्वमा भारतको मगध राजगृहमा नागबंशको राज्यको उल्लेख छ । त्यहाँ राजगृहको खनन गर्दा मणिनागको मन्दिर पनि भेटिएको थियो । बौद्ध युगमा पनि काशी, चम्पारण, मधगमा शक्तिशाली नागराजाहरुको आधिपत्य रहेको तथा भद्रवाह, जम्मू, काँगडा आदिमा नाग राजाहरुको देवताकोरुपमा पूजा अर्चना गर्ने गरेको पाइन्छ । नाग परम्परालाई गहिरोसँग बुझ्दा आज जुन नाँग टास्ने प्रचलन छ त्यो प्रचार प्रसारको एउटा भाग मात्र हो भन्ने बुझ्न सकिन्छ ।

Tags: नाग पञ्चमी

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

2 hours ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि