Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मार्क्सबाद बिश्व–प्रगतिको सर्बथा अनुलंघनीय मूलबाटो


मार्क्सबाद  बिश्व–प्रगतिको सर्बथा अनुलंघनीय मूलबाटो

–लोकनारायण सुबेदी

जर्मनीको ट्रियर्स शहरमा ५ मे १८१८ जन्मेका कार्ल मार्क्स ३० बर्षकै उमेरमा एक अपूर्ब क्रान्तिकारी दार्शनिकका रुपमा देखापरे । उनका एक पछि अर्को लेखनले बिश्वमा कम्युनिष्ट आन्दोलनका लागि बैचारिक आधारभूमि तयार गर्‍यो । यद्यपि अरु जस्ता किताबी दार्शनिक थिएनन कार्ल माक्र्स । उनले आफ्नो बिचारलाई स्वयं आफ्नो जीबनमा खरो उतारे । आफ्नो कालखण्ड या समयका मजदुर आन्दोलनहरु तथा त्यसबेलाका क्रान्तिकारी आन्दोलनहरुसँग निकटरुपमा जोडिएका थिए उनी । त्यसले गर्दा उनको समयमा अस्तित्वमान शासक बर्गलाई चूनौति दिने उनका बिचारहरु यत्तिका सशक्त र प्रभावकारी थिए कि उनलाई एक पछि अर्को अनेक देशका सरकारहरुले देश निकाला गरेका थिए । अनि उनले लेखेका लेख र बिचारहरुमाथि प्रतिबन्ध लगाएका थिए । यस परिबेशमा कालजयी बिचार दिने कार्ल मार्क्सले अत्यन्तै गरीबी या बिपन्नताको घोर संकटका बीच आफ्नो जीवन गुजारा गर्नु परेको थियो ।

कार्ल मार्क्सले आजभन्दा १७२ बर्ष अगाडि जे लेखेका थिए त्यो आज २१औं शताब्दीमा पनि बिश्व स्तरमा कत्तिको सान्दर्भिक र सार्थक छ यस कुरामा आज प्रश्न खडा गर्न अबश्य सकिन्छ तर हामीले के हेर्नु पर्दछ भने माक्र्सको तत्कालीन समाजकाप्रति के कस्तो धारणा थियो अनि उनको त्यतिबेलाको अबधारण के अहिलेपनि बिश्व समाज र त्यसको एउटा इकाई हाम्रो समाजलाई सही अर्थमा जान्न, बुझ्न र ब्याख्या गर्न र यो समाजलाई बदल्न सहयोगी छ ?  

वास्तबमा जब हामी बसेको समाजको वरिपरी दृष्टिपात गर्दछौ आज पनि असमानता र शोषण कायम रहेको पाउँदछौ । सम्पन्नशाली सानो बर्ग अझ सम्पन्न हुँदै गइरहेको छ भने बिपन्न अत्याधिक ठूलो बर्ग अझ बिपन्नतर हुदै गइरहेको छ । महिला र पुरुष बीचको भेदभाव कायम छ । ‘माथिल्लो’ जात र ‘तल्लो’ जातको बीचमा बिभेद छ । आजको यो समाजमा जिउदो रहन पनि प्रतिस्पर्धा गर्नु पर्ने स्थिति कायमै छ ।

तर जब हामी प्रश्न उठाउँदछौं – यस्तो किन हुन्छ कि जो मानिसहरु काम गर्दैनन्, रातोदिन मेहनत मजदुरी गर्दैनन् उनीहरुसँग अथाह सम्पत्ति हुने गर्दछ  तर जो मानिसहरु सबैभन्दा कठिन काम निरन्तर कडा मेहनतकासाथ गर्ने गर्दछन् ती मानिसहरु नै प्राय सधैं जसो सबैभन्दा गरीब या बिपन्न छन् ? यसको उत्तरमा के भन्ने गरिन्छ भने यही नै भगवान या इश्वरको मर्जी हो ।

प्रायजसो के भन्ने गरिन्छ भने यो समाज ‘इश्वर’ले बनाएको हुनाले यो बिभेदकारी समाज कायमरहनु ‘स्वभाबिक’ हो । तर जब हामी प्रश्न उठाउँदछौं – यस्तो किन हुन्छ कि जो मानिसहरु काम गर्दैनन्, रातोदिन मेहनत मजदुरी गर्दैनन् उनीहरुसँग अथाह सम्पत्ति हुने गर्दछ  तर जो मानिसहरु सबैभन्दा कठिन काम निरन्तर कडा मेहनतकासाथ गर्ने गर्दछन् ती मानिसहरु नै प्राय सधैं जसो सबैभन्दा गरीब या बिपन्न छन् ? यसको उत्तरमा के भन्ने गरिन्छ भने यही नै भगवान या इश्वरको मर्जी हो । या अर्को के पनि भन्ने गरिन्छ भने काम या मेहनत नगरी कामउनेहरु बढी कुशल मानिस हुन् अर्थात उनीहरु बढी मेहनत गर्दछन् या प्रकृतिको नियम नै यही हो र छ कि केही थोरै मानिस सबल र सक्षम हुन्छन् भने कोही अर्थात अधिकांश मानिसहरु कमजोर र असक्त हुन्छन् । 

माक्र्सबादले हामीलाई बताउँदछ कि समाज र समाजिक सम्वन्धहरु ‘प्राकृतिक’ या शाश्वतरुपमा अपरिबर्तनीय होइनन् र हुँदैनन् । उहिल्यैदेखि यो समाज यसरी नै चल्दै आएको होइन । त्यसैले अब पनि सधैं यसरी नै चलिरहँदैन । किनभने समाज र समाजिक सम्वन्धहरु मानिसहरुद्वारा नै बनाइएका हुन् । ती मानिसले बनाएका कुरा हुन् भने तिनलाई बदल्न पनि सकिन्छ र गलत कुराहरु अबश्य नै बदल्नै पर्दछ ।

जब हामी प्रश्न उठाउँदछौं कि समाजमा महिलाहरु किन पुरुषको अधिनमा छन् ? यसको पनि सहज उत्तरमा के भनिन्छ या भनिदै आएको छ भने यसको मूल कारण माहिलहरु ‘प्राकृतिकरुपले नै कमजोर’ हुनु हो, या उनीहरुका लागि बाल बच्चाको स्याहार सुसार, हेरचाह आदि घरेलु काम काजकाज आदि गर्नु ‘प्राकृतिक’ या स्वभाबिक र शाश्वत एबं अपरिबर्तनीय कुरा हो । जबदेखि समाज चल्यो त्यसैबेलादेखि यसरी नै यो कुरा चल्दै आएको हो ।आउदा दिनहरु पनि सधैं यसरी नै यो समाज चलिरहन्छ, चल्नु पर्दछ । तर वास्तवमा समाज सधै नै यसरी नै चल्दै आएको होइन, हिजो यस्तो थिएन र भोली पनि यस्तो रहँदैन । मार्क्सबादले हामीलाई बताउँदछ कि समाज र समाजिक सम्वन्धहरु ‘प्राकृतिक’ या शाश्वतरुपमा अपरिबर्तनीय होइनन् र हुँदैनन् । उहिल्यैदेखि यो समाज यसरी नै चल्दै आएको होइन । त्यसैले अब पनि सधैं यसरी नै चलिरहँदैन । किनभने समाज र समाजिक सम्वन्धहरु मानिसहरुद्वारा नै बनाइएका हुन् । ती मानिसले बनाएका कुरा हुन् भने तिनलाई बदल्न पनि सकिन्छ र गलत कुराहरु अबश्य नै बदल्नै पर्दछ । तर यी गलत नियमहरुलाई कसरी बदल्ने हो र समाजलाई अझ राम्रो कसरी बनाउने हो ? ध्यान त्यतातिर केन्द्रित गरिनु पर्दछ । 

सत्यमा आधारित भएका कारण  आजको समाजमा सबैलाई हैरान पार्ने  सामाजिक खराबीहरु र कठिनाईहरुबाट माबतलाई सधैका लागि छुटकारा दिलाउने अथवा मुक्त गर्ने र समाजलाई एउटा उच्चतर, सभ्य र सुसँस्कृत रुपको चरणमा बिकसित गरेर सबै महिला–पुरुषहरुलाई पूर्ण बिकास गर्न आधार तयार गर्न मद्दत गर्ने कामका लागि यसको उपयोग गर्न सकिन्छ र यसो गर्नु हाम्रो कर्तव्य हो। 

समाजका एकथरी अग्रज र दिग्गज मानिएका मानिसहरु के भन्दै आएका छन् र अहिले पनि भन्ने गर्दछन् भने कुनै ब्यक्ति बिशेष कम भ्रष्ट र कम दुष्ट भएमा त्यो समाज बिशेषमा सुधार ल्याउन सकिन्छ, परिबर्तन आउन सक्छ । तर माक्र्स के भन्दछन् भने यस्ता निजी या ब्यक्तिगत प्रयत्नहरु पर्याप्त छैनन र हुँदैनन् । हामीले समाजलाई नै बदल्नु पर्दछ । तर यहाँ पनि प्रश्न के खडा हुन्छ भने समाजलाई के कसरी बदल्ने हो ? यही सत्यको खोज गरेपछि यो कुरा सम्भव हुन्छ कि मानब समाजका बारेमा एउटा यस्तो बैज्ञानिक सिद्धान्तको निरोपण गरौैं जुन मानब जातिको बास्तबिक अनुभवहरुमा आधारित होस् अनि धार्मिक बिश्वासहरु, नस्लीय अहंकार, हिरो पूजा गर्ने, ब्यक्तिगत भावनाहरु या काल्पनिक सपनाहरुको आधारम बनेको समाजका बारेमा पहिलादेखि चल्दै आएका अस्पष्ट,रहस्यम र भ्रमपूर्ण धारणाहरु – जो आज पनि प्रभाकारी छन्, भन्दा भिन्न होओस् !

यस कुरालाई अर्को शब्दमा भनौ, यी सामान्य नियमहलाई जसको सत्ता सार्बभौमिक छ र जसले मानिस तथा बस्तुहरु दुबैलाई नै निर्देशित गर्दछ  त्यो माक्र्सबादी दर्शन हो अथवा यसलाई संसारको मार्क्सबादी दृष्टिकोण भन्न सकिन्छ । माक्र्सबाद नैतिकताको कुनै काल्पनिक सिद्धान्तमा आधारित भएका कारण आफ्नो मान्यताका लागि त्यसले दाबी गर्दैन, बरु यसको बिपरीत यसले मान्यताको दाबी किन गर्दछ भने यो सत्यमा आधारित छ । सत्यमा आधारित भएका कारण  आजको समाजमा सबैलाई हैरान पार्ने  सामाजिक खराबीहरु र कठिनाईहरुबाट माबतलाई सधैका लागि छुटकारा दिलाउने अथवा मुक्त गर्ने र समाजलाई एउटा उच्चतर, सभ्य र सुसँस्कृत रुपको चरणमा बिकसित गरेर सबै महिला–पुरुषहरुलाई पूर्ण बिकास गर्न आधार तयार गर्न मद्दत गर्ने कामका लागि यसको उपयोग गर्न सकिन्छ र यसो गर्नु हाम्रो कत्र्तब्य हो । 

मार्क्सबादको मूल सिद्धान्त :

मार्क्सबाद बितेको बीसौं शताब्दीको बिश्वको एउटा सबैभन्दा ठूलो भागलाई प्रभावित तुल्याउने बिचारधारा हो र रहँदै आएको छ । तर समाजबादी सोभियत संघको बिघटन र बिभाजन तथा चीन पनि पूँजीवादी जनबादबाट बैज्ञानिक समाजबादतिर जाने हो कि सोभियत संघ जस्तै बिपरीत दिशातिर लाग्ने हो भन्ने दोधारमा  दुबै सम्भावना रहेको स्थितिबाट गुज्रिरहेको तथा बिश्वका अन्य देशहरु जस्तो रोमानियाका चाउसेस्कु जस्ता पूँजीवादी तानाशाहीमा बद्लिने  आदि कुराहरु देखाएर बिश्व भरी नै यसका बिरोधीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर पूरै जोडतोडकासाथ माक्र्सबादलाई खारेज गर्न खोज्दा समेत यो आजको २१औं शताब्दीको बिश्वमा पनि माक्र्सबाद बौद्धिक जगतमा मात्रै होइन ज्वलन्त राजनीतिक बहसको एउटा सशक्त बिषय बनिरहेकै छ र जीबन्त छ । 

हुन त यसलाई एकातिर मृत बिचारधारा घोषित गर्नमा बिश्वका सारा पूँजीवादी र साम्राज्यबादी संयन्त्र र प्रचारयन्त्रहरु रातोदिन गोयबल्स शैलीमा सकेसम्म जोडतोडले  हिडिरहेकै छन् । अर्कोतिर कम्युनिष्ट आन्दोलनले सोभियत संघको बिघटनपछि ठूलो धक्का खाएको भए पनि बिश्वभरी नै आज पनि बाम बुद्धिजीबी तथा बामपन्थी राजनीतिक दलहरु आ–आफ्नै तरीकाले बर्तमान सन्दर्भमा माक्र्सबाद र कम्युनिष्ट आन्दोलनको प्रासांगिकतालाई सिद्ध गर्नुकासाथसाथै बिकसित नयाँ परिस्थितिका अनुसार एउटा बैकल्पिक बामपन्थी आर्थिक राजनीतिक ब्यवस्थालाई पुनः परिभाषित गर्न लागि परेका छन् ।    यो कुरा एकदमै सत्य कुरा हो कि कम्युनिष्ट आन्दोलनको सपनाको  एउटा सबैभन्दा ठूलो आधारभूत पक्ष भनेको समानतामा आधारित समाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतकि ब्यवस्थाको स्थापना गर्नु हो ।

बिश्वमा पूँजीवाद आज पनि आफ्नो प्रचण्ड प्रभावकासाथ कायम हुुँदाहुँदै पनि त्यसले जुन एउटा महत्वपूर्ण कुरा दिन सक्तैन त्यो – समानता नै हो । त्यसैले, यस पूँजीबादी बिकासको मूल र यसको भ्रूणमा नै असमानताको अबधारण सन्निहीत छ । लाभ या नाफाको निरन्तर बृद्धिको उदेश्यले सञ्चालित यसको कार्य–ब्यापारले नाफाको एउटा यस्तो ‘अगस्थी भोक’लाई जन्म दिन्छ जसले एकातिर नयाँ नयाँ र अझ उन्नत उत्पादनहरुको भीड लगाउदै जान्छ या लाग्दै जान्छ, अर्कोतर्फ त्यो उत्पादन किन्ने शक्तिलाई निरन्तर केही मुठ्ठीभर हातमा मात्र सीमित गरेर बाँकी बहुसंख्यक जनतालाई उत्तरोत्तर बञ्चितहरुको साँचोमा ढाल्दै र अभ्यस्त बनाउदै जान्छ । बिश्व स्तरमा सम्पन्न र बिपन्न देश बन्दै जान्छन् । ती  देशहरुको पनि देशीय स्तरमा सीमित सम्पन्न र असीमित बिपन्न मानिसहरुको पंक्ति बन्दैजान्छ । सत्ताले तिनै श्रोत साधान सबै  मुठ्ठ्याएका प्रभावशली बर्गको ब्यापारिक तथा सामाजिक हितहरुको रक्षाका लागि काम गर्दछ । यो आजको दृष्य अदृष्य ज्वलन्त बिश्व परिबेश र तीतो वास्तविकता हो ।

यस पूँजीवादी–साम्राज्यबादी ब्यवस्थामा प्रकृतिको अद्भूत उपहार पर्याबरणको पनि हदैसम्म लूटपाट गरिन्छ, जसले गर्दा एकातिर जमिन बञ्जर भूमिमा परिणत हुँदै जान्छ भने अर्कोतिर नदी नालाहरु सम्पूर्ण सुक्दछन् अनि जंगलको सर्बनाश भएर जान्छ । मुनाफा नै सबै कुरा हो भनेर यसरी चलेपछि त्यहाँ असमानता यसरी ब्याप्त हुन्छ कि अनिबार्यतः त्यहाँ असन्तुष्टीको आगोले भेट्छ, अशान्ति ब्याप्त बन्छ,युद्धहरु भड्किन्छन् । जहाँ मुनाफा नै यस्तो ‘अगस्तिको भोक’ बन्छ त्यहाँ मानबीय सम्बन्ध पनि बजारले नै निर्धारण गर्दछ । यसरी मुनाफाको स्वार्थ नै सबैभन्दा ठूलो सिद्धान्त हुनेछ र अन्याय शक्तिशालीको हतियार हुनेछ भने कमजोरहरु बिद्रोहको बाटो लाग्नेछन् ।

मार्क्सबादले यसको बिपरीत एउटा यस्तो समाजको सपना साकार तुल्याउने बाटो देखाउँदछ जहाँ मुनाफाको यस्तो अन्ध भोक हुँदैन । जहाँ आर्थिक, सामाजिक, राजनैतिक प्रकृयाहरु समानताको दिशामा अग्रसर हुन्छन् । यस समानतामा शान्तिको बीज स्वयं अंकुरित हुनेछ । अर्थात बैज्ञानिक समाजबादको एउटा नारा यसरी – शान्ति, समानता र चौतर्फी समृद्धि हुनजानेछ । बास्तबमा आजको समाजबादी मोडलले यी तीन महत्वपूर्ण बूँदा भएको नारालाई एउटै प्याकेजमा सध्नु पर्दछ र यो ब्यवस्था बर्तमान पूँजीवादी ब्यबस्थाभन्दा बढी लोकतान्त्रिक र मानबीय हुनु र देखिनु पर्दछ । त्यसरी मात्र यसले समाजको ब्यापक हिस्सा अर्थात आम जन साधारणलाई साथ लिएर र आफुसँग निरन्तर जोडेर  हिड्ने आधार खडा हुन्छ । आजको बिश्वको र त्यसको एक अंग हाम्रो देश नेपालको राष्ट्रिय आबश्यकता पनि यही नै हो । यही दिशातर्फ पूर्बाधार—संक्रमणकालीन चरण— निर्माण गर्न दृढतापूर्वक अग्रसर हुनु मात्र सही राष्ट्रिय बिकल्प हो । यस यथार्थ मानबीय परिबेश निर्माणबाट बिमुख भएर अरुतिर भौंतारिनु यथास्थितिलाई अर्थात् असमानता, बिभेद र बहिष्करणलाई मलजल गर्नु मात्रै हुनजानेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि