काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झाले नागरिकतामा हामीबाट नै विवाद ल्याउने गरेको बताए ।
आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद झाले कतिपय विषयहरु नसमेटिएका हुन सक्छन् । कतिपय कुरा राष्ट्रिय सहमत भएर नराखिएको हुन सक्छ । जुन विषयवस्तु विधेयक कानुन बनेपछि जुन वर्ग तप्का जुन समुदाय र जनसंख्याको सम्बोधन गर्नेछ ।
अहिलेको विधेयकले नेपाली नागरिक हुनबाट रोकेको छ त्यो नागरिक अन्य देशको हुन सक्दैन राज्यबिहिन हुनु बाहेक अर्को कुनै विकल्प नै छैन । किन कि उनिहरुको आमाबुवा नेपाली नागरिक हुन् नेपाल मै जन्मिएका छन् । नागरिकताबिहिन भएर पनि शैक्षिक प्रमाणपत्र प्राप्त गरेका छन् । उहाँहरुको प्रमाणपत्रमा नेपाली भनेर उल्लेख गरिएको कुरा हो ।
अहिलेको विधेयक जुन कानुन बन्यो भन्ने नागरिकता दिने वा नेदिने विषयमा बोल्दैन। अन्तर्राष्ट्रिय कानुनी मान्यता छ हाम्रो देशको त्यसको पक्ष राष्ट्र हो विश्वको कुनै पनि व्यक्ति राज्य बिहिन हुनु हुँदैन । कसैलाई पनि राज्यबिहिनको अवस्थामा राख्नु हुदैन भने चार्टरमा नेपालले हस्ताक्षर गरेको छ । राष्ट्रिय अन्तरास्ट्रिय कारणले पनि यो विधेयक कानुन बनेर आए भने पनि नेपालले आफ्नो दायित्व पुरा गर्ने छ । डराउनु तर्सिनु पर्ने कुनै कारण नै छैन ।
तपाईको प्रतिक्रिया