Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मधेसमा एमालेभित्र भाँडभैलो, कारक बन्यो जसपा


मधेसमा एमालेभित्र भाँडभैलो, कारक बन्यो जसपा

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा एमालेको मधेस प्रदेशमा भाँडभलो शुरु भएको छ । मधेस प्रदेश र पहाडका केही जिल्लाहरुमा उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गरेकै कारण भाँडभैलो शुरु भएको हो ।

उम्मेदवारी दर्तादेखिनै मधेश र प्रदेश १ का धेरै जिल्लाहरुमा एमालेको मत जसपामा ट्रान्सफर हुने कम संभावना रहेको छ । एमाले एक्लैले जित्ने क्षेत्र पनि जसपालाई दिएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू जित्नका लागि जसपासँग अनावश्यक गठबन्धन गरेपछि सबै मत जसपालाई दिन नसकिने सन्देश एमाले केन्द्रमा पठाइसकेका छन् ।

भुगोल र जिल्लाको राय, सल्लाहबिना क्षेत्र बाँडफाँड भएकाले पुनर्विचार गरिनुपर्ने पार्टी नेताहरुको मागलाई एमाले अध्यक्ष ओलीले वेवास्ता गरेकाले पनि पछिल्लो पटक जसपा पनि अप्ठेरोमा परेको छ ।

एमालेले प्रदेश १ मा प्रतिनिधि सभातर्फ २ सिट जनता समाजवादी पार्टी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिँदै २५ सिट आफूलाई राखेको थियो । त्यसमा सुनसरीको धरानमा अशोक राईलाई ल्याएपछि एमालेभित्रको मतलाई ट्रान्सफर गर्न असजिलो भएको धरानका एक नेताले बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर अलग भएपछि जसपा र एमाले दुवैलाई अप्ठेरो परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको छ । जनता समाजवादी पार्टी (जसपा) सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिनुअघि साहले माओवादीसँग छलफल गरेर उम्मेदवारी दिएको स्रोतको दाबी छ । ‘हाम्रो विचार मिल्छ, सँगै जाऔं भनेर कुरा भएको हो, मिलेर चुनाव लड्नेबारे टुंगो लागेन, एमालेबाट विद्रोह गर्नुभएको छ , उम्मेदवारी दिनुभएको छ अब थप कुराकानी होला ’, माओवादीका एक नेताले भने ।

माओवादीका मधेसका नेताहरूले साह समूहले स्वतन्त्र उम्मेदवारी दिने कुरा मनोनयन गर्ने अघिल्लो दिनै जानकारी पाएका दिएपनि त्यो बाहिर सार्वजनिक भएको थिएन ।

रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिँदै साहले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए । २०६४ सालदेखि उनले आफ्नो गृहनगर मौलापुरसमेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । प्रतिनिधि सभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएपछि जसपाले एकलौटी जित्ने अवस्था निकै कमजोर भएको छ ।

साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट–३ मा एमालेको उम्मेदवारी रिक्त भएको थियो । एमालेले अर्को व्यक्तिलाई उम्मेदवार बनाउने कोसिस गरेको थियो तर आइतबार निर्वाचन कार्यालय पुग्दा ढिला भइसकेको थियो ।

सर्लाही १ (१) मा उम्मेदवारी दिएका चन्द्रभूषण साहले प्रतिनिधिसभामा ८ वटा क्षेत्र र प्रदेशसभामा १७ क्षेत्रमा उम्मेदवारी परेको थियो । प्रभु साहले बनाएको आईटी आर्मीका प्रमुख साहले एक्लै चुनाव लडौंभन्दा एमालेले नमानेपछि आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरेको थिए ।

प्रतिनिधि सभातर्फ रौतहट–३ बाट प्रभु साह, रौतहट–२ मा किरण साह, रौतहट–४ मा प्रदीप साह, महोत्तरी–३ मा रामआधार कापड, सर्लाही–१ मा मानवबहादुर खड्का, धनुषा–१ मा किशोरी साह कमल, धनुषा–४ मा कृष्णकुमार महतो र पर्सा–१ मा सन्तोष श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सर्लाही–३ (१) बाट रेणुका पौडेल, बारा–४ (२) बाट उमेश कुशवाहा, रौतहट–३ ९१० बाट केशव राय चौधरी, रौतहट–३ (२) बाट कुन्दन कुशवाहा, रौतहट–१ (२) बाट राजेश चौधरी, रौतहट–१ (२) बाट मनोज यादव, महोत्तरी–३ (१) बाट मुजिम राय, महोत्तरी–३ (२) बाट सुनील रोहित, सिरहा–३ (२) बाट गोपालप्रसाद यादव, सिरहा–२ (२) बाट योगेश सिंह, महोत्तरी–१ (२) बाट प्रमोद महतो, बारा–१ (१) बाट देवराज घिमिरे, बारा–१ (२) बाट जयन्त कुशवाहा, पर्सा–१ (२) बाट कदम रसुल, पर्सा–४ (२) बाट प्रह्लाद गुप्ता र पर्सा–२ (१) बाट विनोद लामाले उम्मेदवारी दिएका छन् ।

नेकपा विभाजनपछि माओवादीमा नफर्की एमालेमा बसेका साह पछिल्लो समय केन्द्रको निर्णयप्रति असन्तुष्ट देखिन्थे । मधेस प्रदेशबाट उनले अन्य दलका स्थानीय नेता–कार्यकर्तालाई ठूलो संख्यामा एमालेमा प्रवेश पनि गराएका थिए ।

साह निकट स्रोतका अनुसार आफूले एमाले प्रवेश गराएकालाई टिकट दिलाउन नसकेपछि उनले स्वतन्त्रमै भए पनि उम्मेदवारी दर्ता गराउदै एमालेकै नेताहरुलाई चुनौती दिएका थिए ।

मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग गठबन्धन बनाइसकेपछि एमाले अपवित्र भएकोमा भन्दै उनीहरुले विद्रोह गर्दा एमाले र जसपा दुवैका लागि प्रतित्युपादक भएको छ ।

साहकै पहलमा एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका कांग्रेसका जिल्ला सचिव राजेश चौधरी र स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकामा एकीकृत समाजवादीका प्रत्याशी केशव चौधरीले टिकट नपाएपछि प्रभु साह रुष्ट बनेकाले पनि उनी स्वतन्त्र हुन पुगेका हुन् । हाम्रोकुरा

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि