
तर नगर प्रमुख धामीले नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ को बर्खिलाप नगरपालिकाबाट विभिन्न समयमा सेवासुविधा लिएका छन् । नगर प्रमुख धामीले १ महिना १६ दिनको अवधीमा ४० हजार २ सय ३० रुपैया निवासको नुन, तेल, स्याम्पु र चामलका लागि बुझेका छन् । उनले निवासको फर्निसिंङ्गका लागि ४६ हजार ८ सय १७, निवासको भाडावर्तनका नाममा ९२ हजार ६ सय ७, नगर प्रमुख निवास वाईरिङ वाफत १ लाख ४८ हजार १ सय २५, मोबाइल रिचार्ज वाफत २ हजार, नगर प्रमुख सम्पर्क कार्यालय व्यवस्थापनका लागि भन्दै ९७ हजार ९ सय ९९, निजि निवास खर्च वाफत ९२ हजार ७ सय ७७ रुपैया कानून विपरित बुझेको तथ्याङ्क बाहिर आएको छ ।
यस्तै नगर उपप्रमुख शान्ती खडायतले पनि कानून विपरित सेवासुविधा लिएको पाइएको छ । नगर उपप्रमुख खडायतले घरयासी समान खरिद गर्नका लागि २८ हजार ७ सय ५० रुपैया बुझेकी छन् । मोबाइल खरिदका लागि ७८ हजार २ सय ६३ र निजि निवास खर्च वाफत ३० हजार २ सय २२ रुपैया नगरपालिकाबाट बुझेकी छन् ।
तपाईको प्रतिक्रिया