काठमाडौं । निर्वाचनको प्रचार प्रसारमा जानुभन्दा केही दिन अगाडि सत्तागठबन्धन छाडेका उपेन्द्र यादव राजनीतिकका खतरनाक खेलाडी हुन् ।
सत्तागठबन्धन भत्काउन उत्तरतर्फका विदेशी शक्तिहरू लागेका थिए । उनीहरू गठबन्धन भत्काउन नसकेपछि उपेन्द्रलाई ‘बलिको बोको’ बनाएका छन् । विगतमा चीन निकट रहेको आरोप खेप्दै आएका सत्तागठबन्धनबाट बाहिर ल्याए वापत चीनले उपेन्द्रलाई चुनावी खर्च दिएको जसपाभित्र चर्चा छ ।
चीनले रकम दिएपछि उपेन्द्रले आफ्ना उम्मेदवारहरूलाई पनि दिएका छन् । एकजना उम्मेदवारले भने, ‘सत्तागठबन्धन छाडेपछि चीनले उपेन्द्र यादवजीलाई चुनाव खर्च भनेर २ अर्ब रकम दिएको जसपाभित्र चर्चा छ । त्यसी पैसा लिएर जसपाका उम्मेदवारहरू चुनावमा प्रतिस्पर्धा गर्न जानुभएको छ ।’
चीनले पैसा दिएका विषयमा आएको समाचार र हल्लाका विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन मानेनन् । सो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा शुरुमा उपेन्द्र लागेका थिए । पछि क्रमशः सत्तागठबन्धनप्रति असन्तुष्ति जनाउँदै चीनको निर्देशनमा बाहिरिएका हुन् ।
चीनले सत्तागठबन्धनलाई मन पराएको छैन । एमाले र ओली तथा उपेन्द्रलाई खर्च दिएर भए पनि जिताउन चीन लागेको चर्चा छ ।
तपाईको प्रतिक्रिया