दार्चुला । नौगाड गाउँपालिकाले कोरोना सिर्जित शैक्षिक क्षति र भावी रणनीति बारे विद्यालय व्यवस्थापन समिति तथा प्रद्यानाध्यापकहरुसंग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नौगाड गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु र नौगाड गा.पा.का शाखागत प्रमुखहरु बिच आज सोमबार सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कोभिड -१९ र यसले पारेका असरहरु बारे छलफल गर्दै रोकथाम तथा नियन्त्रणमा गाउँ पालिकाले खेलेको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो । समृद्ध नौगाड निर्माणमा गाउँपालिकाले खेल्दै आएको भूमिका,चुनौतिहरु र समाधान सम्बन्धमा छलफल भएको थियो ।
शैक्षिक सुधारका लागि नौगाड गाउँपालिकाको आगामी रणनीति र विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकहरुको भूमिका सम्बन्धमा लोकेन्द्र सिंह धामीले जानकारी गराउनु भएको छ।
कार्यक्रममा २६ बुंदे शैक्षिक प्रतिबद्धता २०७७ समेत जारी गरिएको थियो ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीको सभाध्यक्षमा,वडा अध्यक्ष ज्युहरु, यस अन्तरक्रिया कार्यक्रमलाई योजना शाखा प्रमुख नरेन्द्र ठगुन्नाले संचालन गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया