काठमाडौं । पाकिस्तानमा सञ्चालित चीन-पाकिस्तान आर्थिक करिडोर सीपीईसी परियोजनाबाट पाकिस्तानी नागरिक नै वञ्चित भएको खुलेको छ ।
पाकिस्तानको बृहत्तर हित र आर्थिक विकासका लागि भनेर सञ्चालन गरिएको परियोजनाबाट केवल चीनले मात्र लाभ लिएको खुलेको हो । सीपीईसी परियोजनाका प्राविधिक सल्लाहकार डा. सैद आलम महसुदले ईएफएसएएससँगको अन्तर्वार्तामा अधिकतम लाभ बेइजिङले लिइरहेको र पाकिस्तान प्रयोग भइरहेको खुलासा गरेका हुन् । उनले पाकिस्तानको प्राकृतिक स्रोतमा पनि बेइजिङले आँखा लगाएको र करिडोर निर्माणले बेइजिङको कब्जामा पुगेको जिकिर गरेका छन् ।
डा. महसुद एक शल्यचिकित्सक, राजनीतिक कार्यकर्ता र पश्तून तहफुज आन्दोलन (पीटिएम) का एक नेता हुन् । उनी नागरिक समाज संगठन पश्तूनख्वा उलासी तहरिकका अध्यक्ष र चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) का प्राविधिक विशेषज्ञ पनि हुन् ।
डा. महसुदले अरबौं डलरको उद्यमको विस्तृत रूपमा विश्लेषण गर्दै सीपीईसी परियोजना केन्द्रित भएका क्षेत्रहरू जस्तै बलुचिस्तान, सिन्ध, पश्तून बेल्ट र पाकिस्तान प्रशासित जम्मु र कश्मीरका मानिसहरू नै सबैभन्दा बढी वञ्चित रहेको उल्लेख गरे । उनले चीनको हितमा लागु गरिएको परियोजनाले देश विकासभन्दा पनि श्रीलंका हुने भन्दै चिन्ता व्यक्तसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया