दार्चुला । दार्चुलाको दुहु गाउँपालिकाको वडा नं ३ को सल्लिखेतमा मंगलबार बिहान करिब ५ बजे तिर घर माथिबाट पहिरो खस्दा बेपत्ता भएका दम्पती मृत फेला परेको छ ।
पहिरोमा परि मृत्यु हुनेमा सल्लीखेतका ५० बर्षिय राम दत्त जोशी र श्रीमती ४५ बर्षिय इन्द्रा जोशी रहेका छन । उहाँका २१ बर्षिय छोरा सुनिल जोशी भने भागेर बाच्न सफल भएका छन ।
सुनिलले पहिरो जाना साथ प्रहरीलाई जानकारी दिए पछि घटनास्थलमा व्रह्मदेब प्रहरी चौकीबाट नजिक रहेकाले प्रहरी टोली विहानै घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली विहान ६ बजे घटना स्थलतर्फ गइ उद्वारमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
२ तले टिनको छत भएको घरमा पहिरो खस्दा १ भैसि र ४ बाख्रा पनि पुरीएका छन् । विहानै घटनास्थलमा पुगेर जनप्रतिनिधी, नेपाल प्रहरी, नेपाली सेना र स्थानियहरु उद्धार कार्यमा खटिएका थिए । पहिरो अविरल बर्षाले दार्चुला तिङ्कर सडक भासिएर आएको हो ।
तपाईको प्रतिक्रिया