उदयपुर । यस जिल्लाको बेलका नगरपालिकामा भएको भ्रष्टाचारका बिरुद्ध स्थानीय तहमा कृयाशील चार दल भ्रष्टाचार बिरुद्ध आन्दोलनमा उत्रिएका छन् र उनीहरुले सर्बदलीय छानबिन समिति बनाएर भ्रष्टाचारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न तथा स्थानीय तहरलाई स्वच्छ, भ्रष्टाचाररहीत र जनोपयोगी राख्न जोडदार माग गरेका छन् ।
बिभिन्न राजनीतिक दलरुले भ्रष्टाचारको सन्देह गरिरहेको बेलामा बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले नै त्यहाँ भित्र भ्रष्टाचार भइरहेको कुरा सार्बजनिक गर्दै त्यसको छानबिन गर्न एक बर्षदेखि माग गर्दा पनि सुनवाई नभएकोले आफु राजीनामा दिनसम्म तयार भएको स्टाटस फेसबुकबाट सार्बजनिक गरेपछि राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका हुन् । चारै दलले संयुक्त बक्तब्य निकाल्दै आन्दोलनमा उत्रिएका हुन् । बक्तब्यमा नेपाली काग्रेसका बेलका नगर सभापति सुशील सेढाई, नेपाल कम्युनिष्ट पार्टीका नेता शुकदेव चौधरी, जनता समाजबादी पार्टीका अध्यक्ष सुरेन्द्र कुमार राई तथा राप्रपाका नगर अध्यक्ष टीकाराम शर्माले हस्ताक्षर गरेका छन् ।
नगरपालिकामा भ्रष्टाचार भएको भन्ने कुरा सार्बजनिक गरेपछि नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजबादी पाटी र राप्रपा समेत भ्रष्टाचारको छानबिन गर्न सर्बदलीय समिति बनाउ, भन्ने माग राख्दै आन्दोलनमा उत्रिए पछि उपमेयरले यो कुराको सम्बोधन भइसकेको र आफु काठमाण्डौमा आएकोले अरु कुरा केही पनि थाहा नभएको भनेर कुरा फेरेकी छन् । अहिले उनले किन कुरा फेरेर बक्तब्य निकालेकी हुन् यो पनि छानबिनको बिषय हुनु पर्दछ भन्ने समेत कुरा उठेको समाचार छ ।
तपाईको प्रतिक्रिया