काठमाडौं । नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । कोरोनाको संक्रमण बढ्नथालेपछि निगमले सूचना जारी गर्दै पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो ।
विदेशमा कोरोना संक्रमण बढेपछि सावधानी अपनाउन यसो गरिएको निगमका एक कर्मचारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया