काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएको जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र) का नेता हुन् । नेकपा ९एमाले०लगायत सत्ता साझेदार दलको सहयोगमा उनलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरको थियो।
तपाईको प्रतिक्रिया