दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ५ का १५ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया तथा नयाँ सदस्यता वितरण कार्यक्रममा उनीहरुले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए ।
प्रवेश गर्नेमा वडा नम्बर ५ का प्रकाश महरा, हिक्मत महरा, नरेन्द्र महरा, करन महरा रहेका छन् । यस्तै हरक बहादुर कुवर, गणेश कुवर, रविन्द्र कुवर, महेश्वरी कुवर, नारायण सिंह बडाल, नरेन्द्र महरा, अमर कुवर, दमन्ती बम, पुष्पा कुवर, माता कुवर र गोपाल महराले नेपाली काँग्रेस पार्टी प्रवेश गरेका हुन् । दुहुमा तीन दिन अघि मात्रै नेकपाको एक टोल पुरै काँग्रेसमा प्रवेश गरेको थियो । यस्तै शुक्रवार जिल्लाको मालिकार्जुन गाउँपालिका ५ डाडाकोटमा वडा भेला हुदा त्यहा पनि डेढ दर्जनले नेकपा परीत्याग गरि काँग्रेस प्रवेश गरेका छन् ।
वडा कार्यसमितिले आयोजना गरेको भेलामा नेकपा परित्याग गरी डेढ दर्जन बढीले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको काँग्रेस नेता मदन गिरीले जानकारी दिए । नेकपा परित्याग गरी वडा नम्बर ५ का जसुली लोहार, गिता लोहार, बहादुरराम लोहार, कासीराम लोहार, रतनराम लोहार र गणेशराम लोहार लगायत डेढ दर्जन जतिले प्रवेश गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया