कास्की । आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरुको आज पनि बिहानैदेखि उद्दार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो । दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।
तपाईको प्रतिक्रिया