जनक साउद,बैतडी । बैतडीको डिलाशैनी गाउपालिका वडा नम्बर ५ ओखलबटामा निर्माण गरिएको सिचाई पोखरी पाच दिनमै भत्किएको छ । सिचाई डिभिजन कार्यालय पाटन बैतडी मार्फत गत आर्थिक बर्ष २०७६÷०७७ मा निर्माण गरिएको दहखोला सिचाई आयोजनाको सिचाई पोखरी पाच दिनमै भत्किएको स्थानिय जगदीश जोशीले बताए । गत असार २९ गते पोखरीको निर्माण कार्य सम्पन्न भएकोमा साउन १ गते राती नै सो सिचाई पोखरीको एउटा छेउ तिरको पर्खाल भत्किएको हो ।
प्रदेश सरकारको २ लाख ५० हजार बजेटमा सिचाई डिभिजन कार्यालय पाटन मार्फत कार्यान्वयन भएको उक्त सिचाई पोखरी निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरिएकोले ५ दिनमै भत्किएको अनुमान गरिएको छ । यता उपभोक्ता समिति अध्यक्ष नर बहादुर नाथले भने आफु उपभोक्ता समिति अध्यक्ष नै नभएको जिकिर गरेका छन । बिस्तृत रुपमा बुझ्नको लागी नाथलाई सम्र्पक गर्दा आफु उपभोक्ता समिति अध्यक्ष नै नभएको बताएका हुन ।
आफु स्थानिय मात्रै भएको जानकारी दिदै उनले बालबालिकाहरुले खोलाको पानी पोखरीमा लगाएकोले भत्किएको दाबी गरेका छन । “ असार २९ गते पोखरी निर्माण सम्पन्न भएका थियो,केटाकेटीले पाईपबाट खोलाको पानी रातभरी पोखरीमा लगाएका रहेछन त्यसैले भत्किएको हो ।” उपभोक्ता समिति अध्यक्ष नाथले भने। “ अब मर्मत गर्छौ” । हतारमा गरिने असारे बिकासले निर्माण गरिएका संरचनाहरु गुणस्तरहीन हुने गरेको स्थानियको बुझाई छ ।
तपाईको प्रतिक्रिया