काठमाडौं – काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालबाट मेयर साहले निःशुल्क एम्बुलेन्स सेवा दिन घोषणा गरेका हुन् ।
उनले काठमाडौंभरि २४ घण्टा नै १०२ मा फोन गरेर निःशुल्क सेवा लिन आग्रह गरेका छन् ।
एम्बुलेन्स सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न नपर्ने मेयर साहले जानकारी दिएका हुन् ।
तपाईको प्रतिक्रिया