दार्चुला । दार्चुलामा भ्रष्टाचार र कालो बजारी विरुद्ध नेपाल स्वयम् सेवक संघ दार्चुलाले प्रदर्शन गरेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको पनेबाजमा गरिएको प्रदर्शनमा नागरिकता विधेयक, वैदेशिक हस्तक्षेप विरुद्ध समेत प्रदर्शन भएको छ ।
स्वयम् सेवक संघ संठनका दार्चुलाका अध्यक्ष बिक्रम धामी, कोषाध्यक्ष भागरथी धामी सहित संघ आबद्ध युवा सहभागी भएका छन् । पनेबाज बजारदेखि एक किलोमिटरसम्म विरोध प्रदर्शन गरिएको छ ।
तपाईको प्रतिक्रिया