दार्चुला । भ्रष्टाचार र कालो बजारी विरुद्ध नेपाल स्वयम् सेवक संघ दार्चुलाले प्रदर्शन गरेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको पनेबाजमा गरिएको प्रदर्शनमा नागरिकता विधेयक, वैदेशिक हस्तक्षेप विरुद्ध समेत प्रदर्शन भएको छ ।
स्वयम् सेवक संघ संठनका दार्चुलाका अध्यक्ष बिक्रम धामी, कोषाध्यक्ष भागरथी धामी सहित संघ आबद्ध युवा सहभागी भएका छन् । पनेबाज बजारदेखि एक किलोमिटरसम्म विरोध प्रदर्शन गरिएको छ ।
पछिल्लो समय नेपालको राजनितिमा चिनियाँ हस्तक्षेप बडेको भन्दै दार्चुला मा नेपाल स्वयंसेवक संघ ले चिनियाँ राजदुत विरुद्ध र सरकार ले गरेको भ्रस्टाचार बिभेधकारि नागरिकता बिधयेक विरुद्ध प्रदर्सन गरेका छन प्रदर्सनमा सयौं महिला को सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया