दीपक रावल,
कोहलपुर, साउन २८,
आईतबार देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
बाँके, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी जिल्लाका आसपास भइ बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन कार्यालयले आग्रह हो । पश्चिम राप्ती, बबई, बग्मती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ ।
मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पछिल्लो ३ घण्टामा बर्दियाको रमभापुर, रानी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्रमा रहनुहुनेले दिउँसो सम्मै सतर्कता अपनाई सुरक्षित रहन भनिएको छ ।
तपाईको प्रतिक्रिया