Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

प्रकृति, मानब समाज र राष्ट्र रक्षाका लागि रक्षाबन्धन पर्ब


प्रकृति, मानब समाज र राष्ट्र रक्षाका लागि रक्षाबन्धन पर्ब

-लोकनारायण सुबेदी

खाश चाडपर्बहरु कुन समय विशेषमा समाज विशेष कुन चरणबाट बिकसित हुँदै आयो र अहिले चरणबाट गुज्रिदैछ भन्ने संकेत गर्दछन् । तिनले समाज बिशेषको अबस्थाको बोध पनि गराउँदछन् । चाड पर्वहरुको सम्वन्ध कुनै न कुनै रुपमा परिवार, समाज, राष्ट्र र मानबतासँग सम्वन्ध जोडिएको हुन्छ । त्यसै कारणले पनि तिनले निरन्तरता पाइरहेका हुन्छन् । यस्ता चाडपर्वहरुमा लोकधर्म र लोक सँस्कृतिको जुन झलक मिल्दछ त्यो अन्यत्र कतै देख्न सुन्न पनि पाइन्न । अनन्त किसिमले उत्सवका रुपमा मनाइने गरेका यस्ता चाड पर्वहरुमा मानिसको जीवन जिउने र बिताउने अनेक प्रेरक प्रसंगहरु पनि गाँसिएका पाइन्छन् । यस्ता चाड पर्वहरुको अर्को महत्वपूर्ण पक्ष के पनि छ भने यी पर्वहरु खाश ऋतुसँग जोडिएका हुन्छन् । आज आएको र हरेक बर्ष आउने रक्षा बन्धन, राखी, यज्ञोपवित धारण गर्ने श्रावणी पूर्णिमा या ऋषितर्पर्णी पूर्णिमालाई पनि यस्तै परिप्रेक्षमा हेर्नु र केलाउनु र सही निष्कर्श निकाल्नु उपयुक्त हुनसक्छ ।

पौराणिक मान्यताका अनुसार यो पूरोहित समुदायको तिहार हो । यसले रक्षा बन्धलाई पनि आफुमा समाहित गरेको छ । दिदी बहिनी र दाजु भाइको स्नेहको पबित्र पर्व बर्षा ऋतुको चुतर्मास र श्रावणीसँग सिधै जोडिएको मानिन्छ । हुन त यस पर्वसँग अनेक पौराणिक र ऐतिहासिक सन्दर्भहरु जोडिएर आएका छन् । तर यसको सबैभन्दा बढी घनिष्ठता पारिवारिक तथा सामाजिक मूल्यहरुसँग रहेको छ । यी मूल्यहरुमा प्रेम, सरसता, सदाशयता,बन्धुत्व र शुभ संकल्प जस्ता महत्वपूर्ण कुराहरु छन् । पारिवारिकरुपले यी मूल्यहरुलाई जत्तिको महत्वर्पूण मानिन्छ त्यत्तिकै सामजिक र धार्मिकरुपमा पनि लिइएको छ । यी कुराहरुको रक्षा गरेर हजारौं बर्षदेखि एउटा सँस्कृति र समाजको शातत्य कायम राखिएको छ । यसको बिचारणीय पक्ष के छ भने पहिला यी कुराहरु जत्तिको महत्वपूर्ण थिए त्यो भन्दा बढी महत्वपूर्ण आज देखिएका छन् । पारम्परिक रुपमा हेर्ने हो भने रक्षा बन्धन आजको दिनमा दिदी बहिनी र दाजु भाइको पवित्र पे्रमको अभिब्यक्ति गर्ने पर्व हो । यसमा दाजुभाइले दिदी बहिनीका लागि शुभ संकल्पित धर्म निर्वाह गर्ने बचनबद्धता जाहेर गर्ने गरिन्छ । जुन तीनवटा धागोका डोराका बन्धनलाई रक्षा बन्धन भनिन्छ र दाजुभाइको दाहिने पाखुरामा दिदी बहिनीले बाँध्ने गर्दछन् ती तीनवटा डोरामा आत्मरक्षा, राष्ट्र रक्षा र समग्र मानबाताको रक्षाको निम्ति संकल्प गर्ने कुरा अन्तरनिहीत रहेको मान्न सकिन्छ ।

त्यसैले हिजो जसरी आरम्भ भएको भए पनि आजको दिनमा यो महत्वपूर्ण र मानबीय संकल्पकलाई हामीले बृहत्तररुपमा आत्मसात गर्न सक्नु र सिक्नु पर्दछ । रक्षा बन्धनलाई सीमित अर्थमा जसरी दाजुभाइले दिदी बहिनीको रक्षा गर्न बचन दिने रुपमा ग्रहण गरिन्छ, र राज्यले नागरिकहरुको रक्षा  गर्ने बचनबद्धता जाहेर गर्नेरुपमा लिइन्छ त्यसरी नै आज बृहत्तर अर्थमा देशको स्वाधीनता, राष्ट्रियता, सार्वभौमिक अखण्डता र जन अधिकारको रक्षा गर्ने किसिमले यसलाई बुझनु बुझाउनु उपयुक्त र आवश्यक छ । यस बृहत्तर दायरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको मानिस र प्रकृतिको रक्षा, समुन्नति र तिनको रक्षाको निरन्तरताको संकल्प गर्ने अवसरको रुपमा यस प्रकारका पर्बलाई लिनु र उपयोग गर्नु आज सर्बथा उपयोगी हुन्छ । देश र जनताको राजनीतिक, आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारहरुको रक्षा र त्यसको समृद्धिको संकल्प लिनु नै वास्तवमा आज यो पर्व मनाएको सार्थकता पनि हुन्छ । अन्यथा यो पर्व केवल, एउटा दिदी र भाइ बीचमा मात्र संकुचित भएर औपचारिकताको जडसुत्रकोरुपमा रहन जान्छ ।

पुरानो समाजको गुरुकुलीन समयामा हरेक प्रकारका उत्सवहरुमा नयाँ यज्ञोपवित या जनै लगाउने परम्परा रहेको देखिन्छ । यो ब्यक्तिलाई उसका कत्र्तब्यहरुको बोध गराउने र त्यसको पालना गराउने कुराको प्रतीक मानिन्थ्यो । यज्ञोपवित पहिरिए पछि मानिस समाजप्रति, परिवारप्रति उत्तरदायी मानिन्थ्यो । गुरुकुलीन ब्यवस्थामा श्रावणीमा नयाँ ब्रह्मचर्यका लागि गुरुकूलमा प्रवेश पाउनका लागि यज्ञोपवित अनिवार्य थियो । यो आजको बोर्डिङ स्कूलको ड्रेस(पोशाक) जस्तै सम्झिए पनि हुन्छ । नियमहरुको पालना गर्ने र गराउने कुरासँग यो रक्षा बन्धन या यज्ञोपवित धारण यसरी जोडिएको छ । यसले सत्य, नैतिकता, निष्ठा, परोपकारप्रति ब्यक्तिको ध्यानकार्षण गराउँदछ ।

बेदको एउटा ऋचामा यस्तो संकल्प बाक्य छ : ’तन्मे मनः शिव संकल्पमस्तु ! अर्थात हामीले कल्याण गर्ने(शिव) मन बनाउनु पर्छ, कल्याण गर्ने बिचार गर्नुपर्छ,सोच्नु पर्दछ र गर्नु पर्दछ भन्ने यसको अर्थ हो । शिव संकल्पले नै अशिव संकल्पलाई परास्त गर्न सक्तछ र गर्नु पर्दछ भन्ने यसको निहीतार्थ हो । सबैको कल्याण गर्ने समाज निर्माणमा लाग्ने यसको अन्तरनिहीत कुरा हो । तर आज हाम्रा चाड पर्वहरु या त रुढीबादी परम्पराकोरुपमा कर्मकाण्डीय भएर गएका छन् या आजको उपभोक्ताबादी, भूमण्डलीकृत पूँजीवादी बजारबादको शिकार भएर बिकृत तुल्याएका या किनारामा धकेलिएका छन् । शस्त्रास्त्रको होड र प्रकृतिमाथिको अमैत्रीपूर्ण जंगली ब्यवहारले संसार आज घोर असुरक्षामा परेको छ । अहिलेको कोभिड–१९ पनि त्यस्तै एउटा गम्भीर उदाहरण हो । यस्तो अबस्थामा  चाडपर्वहरुको बस्तुगत ऐतिहासिकता र महत्वलाई आजको परिवर्तित स्थिति अनुरुप फराकिलो र सही अर्थमा ग्रहण गर्न सकेमा र सिकेमा मात्र तिनको सान्दर्भिकता रहिरहने छ । प्रकृति र त्यसबाट निःसृत भएको मानब समाजको पनि सही अर्थमा रक्षा हुन सक्तछ ।

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि