रौतहट, भदौं । रौतहट दुर्गा भगवती गाउँपालिका ३ देवी पर्सा टोल स्थित रामजानकी मन्दीरको पुजारी माथि विहिवार राति साँघातिक आक्रमण भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ देवी पर्सा टोलमा रहेको रामजानकी मन्दीरका ७० बर्षिय पुजारी मिश्रीलाल साह गएराति ११.३० बजेको समयमा दुध उमालिरहेको अवस्थामा दुई जना अज्ञात व्यक्तिहरुले धारिलो हतियारबाट आक्रमण गरी फरार भएका थिए ।
पुजारी साहको निधारमा धारिलो हतियारले घाउँ लागेको अवस्थामा स्थानीयहरुले गंगापिपरामा रहेका वागमती अस्पतालमा उपचारको लागि पुर्याएका थिए । पुजारीको अवस्था खतरा मुक्त रहेको तथा धारिलो हतियार प्रहार गर्ने अज्ञात व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रवक्ता एंवं प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताले बताए ।
हिन्दुबादी संघसंस्थाहरुले पुजारी माथिको आक्रमणको विरोध गर्दै दोषिलाई तत्काल नियन्त्रणमा लिई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया