Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?


गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?

३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशी ऋण निकै भारी परेको छ।
बिजनेस पाउन नसकेपछि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई साढे २९ अर्ब ऋण ठूलो भारी बन्न पुगेको हो। कतिसम्म भने ऋण बापतको किस्ता तिर्न पनि अप्ठेरो परेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १४ महिना भयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि ६ महिना भइसकेको छ। यी दुवै विमानस्थलले ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायत सेवामा शतप्रतिशत छुट दिँदा पनि बिजनेस पाउन सकेका छैनन्। अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडानमा चासो नै नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एसियाली विकास बैंकसँग करिब साढे ७ अर्ब रुपैयाँ ऋण लिइएको थियो। ५ प्रतिशत ब्याजदरमा लिइएको ऋण भुक्तानीको समय ५ वर्षअघि अर्थात् २०७५ वैशाखबाट सुरु भएको थियो। २०६७ चैत २५ गते भएको सम्झौताअनुसार ग्रेस अवधि ८ वर्षसहित ३२ वर्षमा ४८ किस्ता ऋण चुक्ता गर्नुपर्छ। तर प्राधिकरणले ५ वर्षमा ६० करोड रुपैयाँभन्दा तिर्न सकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले २०७३ मा चीनको एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना ‘एक्जिम’ सँग भ्याटसहित २२ अर्ब २१ करोड रुपैयाँ ऋण लिएको थियो। यो ऋणको ब्याजदर पनि ५ प्रतिशत हो। ऋण चुक्ताका लागि ग्रेस अवधिसहित २० वर्ष छ। ७ वर्षको ग्रेस अवधि सकिइसकेको छ।

हरेक वर्ष चैत र असोजमा किस्ताबापत वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्छ। तर यो प्राधिकरणले किस्ता तिर्नै सकेको छैन। किस्ताबापत वार्षिक १ अर्ब ६ करोड भन्दा बढी तिर्नुपर्ने विमानस्थलले गत आर्थिक वर्ष जम्मा १८ करोड आठ लाख रुपैयाँ आम्दानी ग¥यो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १४ महिना भयो। यो अवधिमा विमानस्थलमा ३१६ वटा अन्तर्राष्ट्रिय उडान अवतरण भएका छन्। २८ हजार ७३५ यात्रुले सेवा लिएको प्राधिकरणको तथ्यांक छ। विमानस्थलले सेवा शुल्कबापत २३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। विमानस्थल सञ्चालनमा आएको पहिलो दिनदेखि नै नियमित उडान सुरु गरेको कुवेतको जजिरा एयरवेजले चार महिनाअघि नै हात झिकिसकेको छ।

हिमालय एयरलाइन्सले गत वर्ष केही समय उडान गरे पनि व्यावसायिक फाइदा नभएपछि नियमित उडानको योजना नै स्थगन ग¥यो। विमानस्थल प्रमुख हंशराज पाण्डेले बिजनेस नभएका कारण अप्ठेरो स्थिति आएको बताए। ‘उडान नभएका कारण ऋणको किस्ता तिर्न निकै समस्या परेको छ’, उनले भने।

देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भार थेग्न नसकेपछि विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८० भन्दा बढी उडान अवतरण हुँदा गौतमबुद्धमा भने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले मात्र नियमित उडान गर्दै आएको छ, त्यो पनि सातामा एउटा।

‘अन्तर्राष्ट्रिय उडानका लागि म्यानमार, भुटान लगायत विभिन्न देशका वायुसेवा कम्पनीले चासो देखाउँदै आएका छन्। मौखिकरुपमा कुराकानी भए पनि औपचारिक रुपमा भने थप वायुसेवा कम्पनी आएका छैनन, पाण्डेले भने।

पोखराको स्थिति त झनै दर्दनाक छ। ऋणको भारी धेरै भए पनि यो विमानस्थलमा अहिलेसम्म नियमित व्यावसायिक उडान नै सुरु भएको छैन। दैनिक २० हाराहारी आन्तरिक उडानबाट हुने कमाइमै विमानस्थलले चित्त बुझाउन परिरहेको छ।

विमानस्थलमा सिचुआन एयरले दुईवटा चार्टर उडान गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा संशय छ। अहिलेसम्म कुनै वायु सेवा कम्पनीले पनि उडान गर्ने भरपर्दो वचन दिएका छैनन् । प्राधिकरणले गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्दै आएका विभिन्न वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न निर्देशन दियो।

तर त्यो निर्देशनले काम गरेन। व्यावसायिकरुपमा फाइदा नदेखेपछि वायु सेवा कम्पनीहरुले प्राधिकरणलाई टेरेनन्। ‘खाली उडान गर भनेर भएन। वायु सेवा कम्पनीले यात्रु पाउने स्थिति पनि हुनुपर्यो, एक व्यवसायीले भने।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि