काठमाडौं – आफूलाई प्रश्न सोध्ने युवकलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले थुनामा पठाएका छन् । गत शुक्रबार डेंगीविरुद्ध अभियान सञ्चालन गर्दै धरान–१५ पुगेका मेयर कर्मलाई वडावासी अशोक लिम्बूले आफ्नो वडाका नागरिकका वास्तविक समस्यामा चाहिँ ध्यान नदिएको अन्य विषयमा अभियान सञ्चालन गरेर फोटो मात्रै खिचाएको भनी आलोचना गरेपछि उनलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो।
शुक्रबारदेखि धरान इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अशोकलाई धरान उपमहानगर–१५ का वडाध्यक्ष नरेश इवारामको पहलमा छुटाइएको हो। ‘वडाध्यक्ष इवारामले आवश्यक परेका बेला पुनः उपस्थित गराउने सर्तमा अशोकलाई रिहा गराइएको बताए ।
मेयरसँग सवालजवाफ गरेको बाहेक अशोकविरुद्ध कुनै लिखित उजुरी नपरेको उनले बताए। मेयर राजा बन्न लागेको भन्दै वडाध्यक्ष इवारामले असन्तुष्टि व्यक्त गरे।
तपाईको प्रतिक्रिया