Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

विश्व आत्महत्या रोकथाम दिवसका विषयामा सुरक्षाकर्मी, संचारकर्मी तथा स्वास्थ्यकर्मी बिच अन्तरक्रिया

विश्व आत्महत्या रोकथाम दिवसका विषयामा सुरक्षाकर्मी, संचारकर्मी तथा स्वास्थ्यकर्मी बिच अन्तरक्रिया


विश्व आत्महत्या रोकथाम दिवसका विषयामा सुरक्षाकर्मी, संचारकर्मी तथा स्वास्थ्यकर्मी बिच अन्तरक्रिया

बिधुत्मा रैका,
कोहलपुर, भदौ २४,

आईतबार विश्व आत्महत्या रोकथाम दिवस, कोहलपुरमा पनि मनाईएको छ ।

आशा जगाऔं, जीवन बचाऔं, भन्ने मुलनाराका साथ ईलाका प्रहरी कार्यालय कोहलपुर, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तथा कोहलपुर नगरपालिका सयुक्त साँझेदारीमा विश्व आत्महत्या रोकथाम दिवस मनाईएको हो । दिवसका अवसरमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारी तथा मानसिक रोग विषेशज्ञ डा. मोहन बेल्वासेले प्रस्तुतीकरण राखेका थिए । आत्महत्या भनेको जानीजानी आफूले आफैलाई मार्छु भन्ने विचार र सोचाइ आउनु, योजना बनाउनु, मौकाको खोजी गर्नु र वास्तविक रूपमा जीवन समाप्त पार्नु रहेको तिवारीले बताए ।

अन्तरक्रिया कार्यक्रममा डिएसपी तिवारीले आत्महत्याको विद्यमान अवस्थाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । डिएसपी तिवारीले पृष्ठभूमी, आत्महत्या सम्बन्धि तथ्याङ्क विश्लेषण, आत्महत्याका प्रतिनिधि घटनाको मामला अध्ययन र विश्लेषण, आत्महत्या सम्बन्धि भ्रम र तथ्यहरु, आत्महत्या रोकथाममा देखिएका चुनौतीहरु रोकथामका उपायहरु बारेमा जानकारी गराएका थिए । आत्म हत्याको सख्या बर्षेनी बढ्दै गएको प्रहरीको तथ्याङकमा उल्लेख छ ।
उनले आर्थिक वर्ष ०७९÷८० मा नेपालमा ६ हजार ९ सय ९३ जना, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७५, बाँके जिल्लामा १२१ त्था कोहलपुरमा ६७ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेका थिए । डिएसपी तिवारीले विभिन्न कारणहरुले मानिसले आत्महत्याको निर्णय लिने गरेको बताएका छन् । शैक्षिक असफलता, पारिवारिक कलह, हीनता बोध, पारिवारिक दबाब, प्रेममा धोका, साथीभाइसँगको झगडा, मनमुटाव, अपराध पीडित, विवाह सम्बन्ध व्यापार व्यवसायमा घाटा, ऋण, गरिबी जस्ता कारणले आत्महत्याका घटना हुने बताए । यस्तै सामाजिक अपमान तथा बहिष्कार, लागू औषध दुव्र्यसन, मानसिक समस्या, आत्महत्याको पारिवारिक पृष्ठभूमी, घरेलु हिंसा, लैंगिक हिंसा जस्ता समस्याले आत्महत्या गर्न बाध्य हुने गरेको तिवारीले बताए ।

मानसिक रोग विषेशज्ञ डा. मोहन बेल्वासेले आत्महत्या हुने कारण र आत्महत्याको सोच आउनु पूर्व कस्ता लक्षण देखापर्छ भन्ने बिषयमा प्रष्ट पारेका थिए । डा. बेल्वासेले आत्महत्या रोकथामका लागि आफ्नो मानसिक क्षमतालाई बलियो बनाउनमा जोड दिए । आत्महत्या गर्ने योजना भएका व्यक्तिहरुले पटक पटक माफस् माग्नु, कुराकानी गर्दा बाँच्नुको कुनै औचित्य छैन, उदास लागेको छ र उराठ लाग्नु, सहनै नसक्ने पीडा अनुभव गरिरहेको हुनु, अरूलाई बोझ बनिरहेको छु आदि अभिव्यक्ति दिने गरेको डा. बेल्वासेको भनाई थियो । डा. बेल्वासेले व्यवहारमा पनि परिवर्तन आउँछ जस्तै पहिले रुचि भएका कुरा गर्न पनि नरुचाउनु, मदिरा तथा लागुपदार्थको अत्यधिक सेवन गर्नु, धेरै सुत्नु वा सुत्न समस्या हुनु, परिवार, साथीहरू र समूहभन्दा एक्लै बस्न रुचाउनु, आत्महत्या गर्ने तरीका र साधनहरूको खोजी गर्नु र सानोसानो कुरामा पनि आवेगमा आउने, रिसाउने र झर्कने आदि गरिरहेको छ भने उसको कुरा सुनेर उचित परामर्श दिन आग्रह गरे ।

आत्महत्याको योजना बनाएका मान्छेले कसै न कसैलाई वा कुनै न कुनै तरीकाले सूचना दिइरहेका हुने उल्लेख गरे । उनका अनुसार सामान्य मानषिक तनावमा भए मनोपरामर्शले मात्रै ठिक हुने र डिप्रसनमा पुगेको भए मनोपरामर्श मात्र नभएर औषधि शेवन पनि गर्नु पर्ने बताए । उनले यसलाई रोक्न परिवार गाउँ समाजको महत्वपूर्ण भुमिका रहने समेत बताए । कार्यक्रमको समापन गर्दै नगर प्रमुख आचार्यले अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्या रहेको बताएका छन् । पछिल्लो समय आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी रहेको उल्लेख गरे । आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र उसलाई त्यसो गर्नबाट जोगाउने उपायबा बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कोहलपुर नगरपालिकाले यसका लागि विभिन्न अभ्यास गर्दै आएको जानकारी दिए । कार्यक्रममा पत्रकार कपिल अञ्जानले आफूले तनावमा रहेका व्यक्तिहरुका कुरा सुन्ने र सुझाव दिने गरेको बताएका थिए । कार्यक्रममा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार सिंह, निमित्त निर्देशक कोहलपुर क्षेत्रका संचारकर्मी, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृति ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

23 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

23 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि