धनगढी, भाद्र २६
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कैलाली जिल्ला अध्यक्ष, सचिब सहितका नेताहरुले संविधान सभा अध्यक्ष एब्म नेकपा एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ प्रती श्रद्धान्जली अर्पण गरेका छन् । मंगलबार नेकपा एमाले कैलाली जिल्ला पार्टी कार्यालयमा राखीएको फोटोमा माल्र्यापण गरी श्रद्धान्जली व्यक्त गरेका हुन । पार्टी बाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध जिल्ला अध्यक्ष विमल कुमार जोशी, सचिव दीर्घ जोशी लगाएतका नेताहरु स्वर्गीय नेम्वाङ प्रति श्रद्धान्जली व्यक्त गर्न एमाले पार्टी कार्यालय पुगेका थिए । पार्टी विभाजन पछि एमाले पार्टी कार्यालयमा एकीकृत समाजवादीका नेताहरु पहिलो पटक पुगेका हुन ।
एकीकृत समाजवादीका नेताहरुले मानवीय भावना प्रकट गर्नुले अशल राजनैतिक संस्कारको विकास गरेको त्यँहा उपस्थित सर्वसाधारणले बताएका थिए ।
माल्र्यापण गर्दै जिल्ला अध्यक्ष जोशीले संविधान सभाका अध्यक्ष एब्ंम प्रतिनिधि सभा सदस्य स्वर्गीय शुवास नेम्वाङको मृत्युले समग्र कम्युनिष्ट आन्दोलनमा क्षती पुगेको बताए । पार्टी कार्यालयमा नेकपा एमालेका केन्द्रीय सदस्य, कैलालीका उप सचिव लगाएतका सर्वसाधारण व्यक्तिहरुको उपस्थिती रहेको थियो । यस अघी नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेको समन्वयमा कैलाली बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा सहकार्यको बैठक समेत बसेको थियो । सो बैठक पश्चात एमाले निकट विद्यार्थी र एकीकृत समाजवादीका विद्यार्थीहरुको संयुक्त प्यानल बनेर निर्वाचनमा होमीएका थिए ।
तपाईको प्रतिक्रिया