काठमाडौँ – जिन्दगीमा सबैभन्दा ठूलो कुरा खुशी नै भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिएका छन्। मंगलबार काठमाडौँमा आयोजित विद्यार्थी सम्मिलित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई जीवनमा खुशी हुनुपर्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरूले सफलताको भोक पनि राख्नुस् ।’ उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानोतिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए ।
उनले थपे,’ पाँच पटक प्रधानमन्त्री भएको मान्छेलाई छ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला कि भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाँच्ने रहेछन् । सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आशा नगर्ने हो । कर्म इमानदारी साथ गर्नुपर्छ ।’
तपाईको प्रतिक्रिया