धनगढी, २७
सुदूरपश्चिम प्रदेश सरकाकारका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री एबं्म प्रदेश सभा सदस्य दीर्घ सोडारीले युद्धको संवेदनशील क्षेत्र ईजरायलको गाजामा नेपाली विद्यार्थिहरु पठाउने विश्व विद्यालय माथि छानविन गरीनु पर्ने बताएका छन् ।
सोडारीले नेकपा(एकीकृत समाजवादी) को समाजवादी जागरण अभियानको १२ औं दिन धनगढीमा भएको सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । सोडारीले सम्बोधनका क्रममा भने–गाजा क्षेत्र प्यालेस्टाईन हमास समुह र इजरायलको युद्धको संवेदनशिल क्षेत्र भएको थाहाँ हुँदा हुँदै किन नेपाली विद्यार्थि पठाईयो, यस्तो गम्भीर क्षेत्रमा विद्यार्थि पठाउने विश्व विद्यालय र नेपाल सरकार विद्यार्थि प्रति किन जवाफदेही भएन, । यसको छानविन हुनुपर्छ, विद्यार्थिहरुलाई त्यहाँ पुराएर मृत्युबरण गर्न बाध्य पारिएको छ, सोडारीले भने–हाम्रै पार्टीको नेता शिक्षा, स्वास्थ्य, सञ्चार लगाएतको संसदीय समितिको सभापति समेत हुहुन्छ, यस्को छानविन समिति बनाएर तत्काल छानविन हुनुपर्छ । विद्यार्थीको ज्यान जोखिममा नेपाल बाट विद्यार्थि किन पठाईयो नेपाली जनतालाई जवाफ दिनु पर्छ ।
विद्यार्थीहरूलाई इजरायल तथा प्यालेस्टाइन सीमा क्षेत्रमा खटाइएका कारण युद्धको प्रत्यक्ष मारमा परेको भन्दै पठाउने विश्व विद्यालय छानविनको दायरामा ल्याउन आवश्यक भएको सोडारीको जिकीर छ ।
परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययन गरिरहेका छन् । जसमा कृषि तथा वन विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना छन ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी छन् । तीमध्ये १० जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा थिए । जुन गाजा क्षेत्र पर्छ ।
सुदूरपश्चिम विश्व विद्यालयबाट ११ महिने इन्टर्नका लागि इजरायल पुगेको पठाइएको थियो । इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपाली कार्यरत छन् । त्यस्तै २६५ जना विद्यार्थी कृषि फार्ममा इन्टर्न गर्न पुगेका छन् ।
११ महिनाको इन्टर्नसिप गर्न इजरायल पुग्ने धेरै जसो विद्यार्थीहरूलाई सीमा नजिकै क्षेत्रमा पठाएको पाइएको छ ।
तपाईको प्रतिक्रिया