-सहबान अन्सारी
नवलपरासी । नवलपरासीमा लकडाउन समयमा बिभिन्न नाकाहरुबाट भारत तथा नेपालबाट अबैधरुपमा ओसार पोसार गर्दै गरेको ६१ हजार बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिइ भन्सार बुझाएको छ ।
सोमवार सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले अबैधरुपमा ओसार पोसार गर्दै गरेको मटर (केराउ) मोटर पार्ट र कस्मेटिक लगायतको सामान दशगजा क्षेत्रबाट बरामद गरिएको सामानहरु स्थानिय पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरक्षक सन्तोष खरेलले बताउनु भयो।
लकडाउनको समयमा सिमा तस्करी तथा सिमा सुरक्षाको निगरानी पुर्ण रुपले बढाइएको साथै मानिसहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया