कैलालीको लम्कीचुहा नगरपालिका ५ तिलकपुरबाट मेला हेर्न गएका दुई बालक ९ दिन देखी बेपत्ता भएका छन् । तिलकपुर स्थीत जनप्रभात माविमा कक्षा ७ र ५ मा पढ्ने प्रकाश विक र लक्ष्मण विक कुनै अत्तपत्तो नभएको परीवारले जनाएको छ ।
बेपत्ता प्रकाश विक १५ बर्षका छन भने लक्ष्मण ११ बर्षिय हुन । बेपात्ता भएको ९ दिन वितिसक्दा समेत अहिलेसम्म कुनै अत्तोपत्तो नभएको बेपत्ता लक्ष्मण विकका बुवा बलबहादुर विकले बताए ।
पुख्र्यौली घर अछाम भई हाल तिलकपुर बस्दै आएका बलबहादुरले छोरा बेपत्ता भएको लामो समयसम्म खोजीकार्य गर्दा समेत फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्। बेपत्ता दुई जनाको खोजीकार्यका लागि आफन्त लगायतका स्थानमा खोजीकार्य गरेपनि फेला नपरेको आफन्त बताएका छन् ।
बेपत्ता बालकलाई प्रलोभनमा समेत फसेको हुनसक्ने भन्दै परिवारले चिन्ता जनाएको छ । परिवारले बालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन गरेका छन् । प्रहरीले खोजकार्य भईरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया