दार्चुला । बाढी पहिरो पिडितका घरमा घरमा नगर प्रमुख र सशस्त्र प्रहरी उपरिक्षक
दार्चुलाको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्ट र सशस्त्र प्रहरी बल ४४ नम्बर गणका गणपति नरेन्द्र बहादुर बमले मुल्ला —मैखोली पहिरोबाट पीडितहरुको घरमा पुगि पहिरोको अनुगमन गरेका छन् । शनिवार विहान महाकाली नगरपालिका —२ मैखोलीमा गएको पहिरोले चार घर पूर्ण क्षति भएका छन् भने आधा दर्जन बढि घर जोखिममा परेका छन् ।
मंगलवार नगरप्रमुख भट्टले पहिरो पिडित परिवारसंग भेटघाट गरि विस्तापितहरुलाई नगरपालिकाको तर्फबाट हुने उचित सहयोग गर्ने आश्वासन दिए ।
पहिरोका कारण घरबार विहीन भएका परिवारले राहत र पुर्नस्थापनाको माग गरेका छन् । बाढी पहिरो क्षेत्रमा बुधवारबाटै प्राविधिक टिम खटाई क्षतिको सम्पूर्ण विवरण संकलन गरी पुर्नस्थापनाका लागि आवश्यक कार्यक्रम बनाउने तयारी भइरहेको उहाले बताए । आइतवार महाकाली नगरपालिकाले पिडित परिवारलाई राहत समेत वितरण गरकेो थियो ।
अनुगमनमा वडा नम्बर २ का अध्यक्ष गौर सिंह साहू, वडा नम्बर ३ का अध्यक्ष पदम सिंह महरा, सशस्त्र प्रहरी बल ४४ नम्बर गणका गणपति नरेन्द्र बहादुर बम रहेका थिए । शनिवार गएको पहिरोले मैखोलीका चार घर पूर्ण रुपमा क्षति भएका छन भने ७ घर उच्च जोखिममा रहेका छन । सोही पहिरोमा पुरिएर तीन दर्जन बढि पशुचौपाया मरेका थिए ।
तपाईको प्रतिक्रिया