– गुञ्जा साह
महिलाको इज्जत कर्कलोको पातमा अडेको पानी जस्तो हुन्छ । तर पनि यी इज्जतलाई बिगार्ने र तहसनहस पार्ने पशु मनोवृति भएका जमातहरुको कमि छैन हाम्रो समाजमा । दिनप्रतिदिन महिलामाथि हुने अनेकौ यौन दुर्व्यव्यहार, जबरजस्ति करणी, बोक्सीको आरोप, तेजाब प्रहार गर्ने जस्ता कार्यले महिलाहरु हिंसाका शिकार बनेका छन् । जबरजस्ति करणीले गर्दा घरदेखि समाज, अस्पताल, कार्यालय लगायत बाटोघाटो सबै ठाँउमा महिलाले असुरक्षित र त्रसित महसुस गर्नुपरेको छ । महिला कहिँकतै सुरक्षित छैनन् । महिलामाथि हुने हिंसाले समाजलाई एक नाकारात्मक, भयावह र प्रदुषित वातावरण बनाएको देखिन्छ ।
यो लकडाउन अवधिमा जबरजस्ति करणीको मुद्दा निकै बढेको छ । प्रत्येक दिन ७७ वटै जिल्लामध्ये कुनै न कुनै जिल्लामा जबरजस्ति करणीको शिकार बालिकादेखि लिएर किशोरी, विवाहित, अधवैश महिलाहरु समेत सिकार बनेका छन् । जबरजस्ति करणी यस्तो घृणात्मक कुकर्म हो जसले महिलाहरुको जिवनमा कलंक (दाग) बस्ने गर्छ । शिकार भएकी महिला तथा बालिकाको जिवनमा नमेटिने कालो दाग लाग्ने गर्छ, जसलाई यो समाजले नै छिछि र दुरदुर गर्छन् । यो समाजको घृणित व्यवहारले मर्न बाध्य समेत हुन्छन् । जबरजस्ति करणीका कारण महिलाहरु शोषित मात्र नभएर ज्यान पनि गुमाईरहेको छन् । १० वर्षको बच्चादेखि लिएर ८०/९० वर्षको आमा भएकी महिलाहरु पनि यस प्रकारका हिंसाबाट ग्रसित छन् । अपराधको क्रमको रुपमा महिलामाथि हुने यौन दुर्व्यावहार लिएर यौन शोषण,करणीले गर्दा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । वर्तमान समयमा महिला हिसां मध्ये जबरजस्ति करणीले तिव्र रुपमा बढिरहेको छ ।
महिलाहरु सरसमाज मात्र हैन कि घरपरिवारमा पनि असुरक्षित छन् । महिला आफ्नै दाजुभाई तथा बुवा, काका, मामा लगायत अन्य नातेदारबाट पनि यौन दुर्व्यावहार र करणीको शिकार हुदै आएका छन् । हाम्रो समाजमा हाडनाता करणीले झन एक लज्जास्पद रुप लिईरहेको छ । बाबुले छोरी, दाजुले बहिनी,आमा, ससुराले बुहारीसंग गरेको यस्ता कार्यले धार्मिक आस्था तथा नातासम्बन्धलाई अपवित्र बनाइरहेको प्रष्ट देखिन्छ ।
जबरजस्ति करणी एक गम्भीर अपराधको रुपमा हाम्रो कानुनले उल्लेख गरेको छ । गम्भीर अपराधको रुपमा जबरजस्ति करणीको अपराध मानिए पनि यो झन झन बढ्दै गएको छ । जबरजस्ति कुनै पनि महिला तथा बालिकामाथि उसको मञ्जुरी बिना उसंग करकाप, डर, त्रास पारेर उसंग गरिने यौनिक दुर्यवहार हो । अनुचित प्रभाव र झुक्यानमा पारेर महिलाको इज्जतसंग खेलबार गर्ने एक यौनिक अपराध हो । इच्छा विपरित्त गरिने दुष्प्रास नै जबरजस्ति हो । जबरजस्ति करणीको सम्बन्धमा मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा २ मा यसरी परिभाषित गरिएको छ : “ कसैले कुनै पनि महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो बालिकालाई करणी गरेको मानिने छ । ” अर्थात् मञ्जुरी बिना कुनै चेलिको अस्तित्वसंग खेलबाड गर्नु र १८ वर्ष मुनिका बालिकालाई लोभ, प्रलोभन, डर, धाक देखाए उसंग गरेको यौनिक कार्य जबरजस्ति करणी हो । महिलाको आत्मसम्मान, इज्जतसंग, शारिरीक तथा मानसिक तवरले खेल गर्नु र भविष्यलाई नरक तिर धकेल्न बाध्य गराउने कार्य नै जबरजस्ति करणी हो । १८ वर्ष मुनिका कलिला बच्चिको मञ्जुरी भए पनि त्यस्ता सहमति मान्य नभए त्यो पनि जबरजस्ति करणी हो ।
जबरजस्ति करणीले गर्दा अहिले साना बालिकादेखि लिएर विवाहित र बच्चा भएकी महिलाहरु पिडित भएका छन् । त्रासपूर्ण वातावरणले गर्दा घरबाट बाहिर निस्कनको लागि सोचविचार गरेर अथवा बिना अभिभावकसंग बाहिर जाने नमिल्ने वातावरण आइसकेको छ । धनुषा जिल्लाको कुर्था गाउमा १० वर्षकी कञ्चन पजियारलाई आँप खानको लोभ देखाई भारतीय पुरुषले निर्मम तरिकाले करणी गरी तिनको शवलाई नाङगै पारेर जनकपुरको नजिक दुधमति नदिको किनारा भएको झारिमा फ्यालेको दर्दनाक घटनाले त्यो गाउँको सम्पूर्ण सानादेखि ठुला महिलाहरु त्रसित भएका छन् । स्कुल जानको लागि होस् वा बाहिर हुने कुनै काम गर्नको लागि भयवित होस्, महिला डराउदै हिंड्न् पर्ने अवस्था भएको छ । भैसी चराउन गएकी १० वर्षे बालिकासंग भएको जबरजस्ति करणीको घटनाले गर्दा कसैले पनि आफ्नो छोरीलाई वनमा जान दिनको लागि तयार छैनन्, जबकी गाउघरमा खासगरि प्रत्येक घरमा एक न एक गाई, बाख्रा, भैसी, गोरु लगायतका पशुपालन गरिने हुन्छ । कैलालीमा क्वारेन्टाईनमै एक महिलालाई स्वास्थ्यकर्मीहरुले सामुहिक रुपमा बलात्कार गरेको घटना अझ निन्दनीय छ । अस्पतालमा पनि यसरी मिलोमतोमा बिरामीमाथि नै सामुहिक करणी हुनु भनेको हाम्रो समाज कति घृणित बन्दै गएको छ भन्ने उदाहरण हो । अस्पतालमा बिरामी डाक्टरलाई भगवानको रुप मानेर निको हुने आशाका साथ जान्छन्, त्यहीँ यस्तो घटना घट्नुले महिला अस्पतालमा समेत असुरक्षित छन् भने प्रमाणित भएको छ । यतिमात्र हैन की विरगञ्जमा १९ वर्षिय युवतिलाई आईसियुमा स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा दुरव्यवहारको सिकार बन्नु परेको छ । जबकी आईसियूमा रहेको बिरामी कति संवेदनशिल हुन्छ भन्ने हामी सबैलाई राम्रोसंग थाहा छ । स्वास्थ्यको दृष्टिकोणले पुरुष भन्दा बढि महिलालाई अस्पताल र अपरेशनको आवश्यकता पर्दछ । प्रत्येक महिना मासिक रुपमा बग्ने महिनावारी र सुत्केरीको कारणले शरीर कमजोर र पीडादाय बनेको हुन्छ, महिलालाई विभिन्न किसिमको रोग तथा अनेकौं समस्याहरु भोग्नुपरेको हुन्छ जसको कारण पुरुष भन्दा बढि महिलालाई अस्पताल दुर्गुनुपर्छ तर यस्ता अस्पतालमै यसप्रकारको घृणित कार्य भएपछि महिला कसरी सुुरक्षित रहन्छन् ? सबैले यसतर्फ सोच्नुपर्ने विषय भएको छ ।
त्यस्तै लालबन्दिमा होटेलमा काम गर्ने १४ वर्षिय किशोरीलाई विवाहको प्रलोभन देखाई लालबन्दि बजारस्थित एक होटलमा लगेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । बिहेको वाचा गरेर सामुहिक करणी भएको घटनाले विवाह जस्ता सांस्कृतिक आस्थाप्रति चोट पुगेको छ । यसैगरि मोरङको केराबारी गाउपालिकामा शारीरिक आपंगता भएकी १० वर्षे बालिकामाथि समेत जबरजस्ति करणी भएको घटनाले अब कोहि पनि बालबालिका तथा महिला सुरक्षित छैन भन्ने प्रष्ट देखिन्छ । ६३ वर्षिय रामकुमार लिम्बुले ती अबोध अपांग बालिकालाई १० रुपैयाको प्रलोभन दिएर ललाईफकाई करणी गरेको जबरजस्ति करणीको घटनाले यति ठुलो गम्भीर अपराध मानिए पनि त्यसमा अपराधीले गम्भीर रुपमा नलिएको प्रष्ट बुझ्न सकिन्छ । त्यस्तै रौतहटको फतुवा बिजयपुरस्थित २१ वर्षिय युवतिलाई बारा पथलैयास्थित बाटोमा साझ अलपत्र रहेकी २१ वर्षिय युवतिलाई घर पुर्याइदिन्छु भनेर ट्रकमा लिफ्ट दिएर ट्रकमै सामुहिक बलात्कार गरेको घटनाले बाटोघाटोमा समेत महिला असुरक्षित छन्, जसबाट महिला अलपत्र परेपछि एक्लै भएको खण्डमा कुनै गाडिमा चढ्न समेत असुरक्षित हुन थालेको छ ।
यसरी जुनसुकै उमेरकी महिला तथा बालबालिका जबरजस्ति करणीको शिकार हुने कार्य अचेल तिव्र रुप लिएको छ । यसलाई नियन्त्रण गर्नको लागि ऐन, कानुन, लिखित रुपमा धेरै भए पनि यसको कार्यान्वयनमा भने कमि देखिइएको छ । कानुनी सजाय पाएर पनि चित्त नबुझने प्रमाण देखाई ज्यान मुद्दामा सफाई पाएर तथा जबरजस्ति करणीको प्रमाण नै लुप्त गरेर भए पनि सजिलै अपराधिहरुले उन्मुक्ति पाइरहेका घटना थुप्रै छन् । जसले गर्दा यस्ता अपराध झन बढ्ने संभावना देखिदै गएको छ ।
उमेर अनुसार सजाय तोकेर मात्र यस्ता घटना अन्त भएको देखिएको छ त ? उमेर अनुसार सजाय दिएर अपराधिले संविधानमा रहेका भाग ३ मौलिक हक अन्तर्गत धारा १६ अर्थात शुरुकै हक सम्मानपूर्वक बाच्न पाउने हक र कसैलाई मृत्यृदण्डको सजाय दिन नहुने भनेर कानुनी व्यवस्था अनुसार आफ्नो ज्यान त बचाउछन् तर पिडित र ज्यान गुमाईसकेको चेलिले के पाउँछ ?
जबरजस्ति करणी कानुनी व्यवस्था :
सविधानको धारा ३८ महिलाको हकको उपधारा ३ मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरीक, मानसिक,यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिसांजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पिडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेको छ ।
मुलुकि अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धि कसुरको दफा २१९ को दफा १ मा कसैले जबरजस्ति करणी गर्नु हुदैन भनेको छ, भने ऐ.ऐ दफा ३ मा जबरजस्ति करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर अनुसार कैद तोकेको छ । जसअन्तर्गत :
१० वर्ष भन्दा कम भए १६ देखि २० वर्ष कैद
( १०−१४) वर्ष उमेर भए (१४−१६) वर्ष कैद
(१४−१६ ) वर्ष उमेरको भए (१२−१४) वर्ष कैद
(१६−१८) वर्ष भए (१०−१२) वर्ष कैद
१८ वर्ष भन्दा बढी उमेरको महिला भए (७−१०) वर्ष कैद
त्यस्तै, ऐऐ दफा ४ मा आफ्नै पतिले पत्नीलाई जबरजस्ति करणी गरेमा ५ वर्ष जेल कैद व्यवस्था गरेको छ । भने दफा २२० मा हाडनातामा करणी गर्नेको कानुनी सजायको व्यवस्था गरेको छ ।
तर उमेर अनुसार सजाय तोकेर मात्र यस्ता घटना अन्त भएको देखिएको छ त ? उमेर अनुसार सजाय दिएर अपराधिले संविधानमा रहेका भाग ३ मौलिक हक अन्तर्गत धारा १६ अर्थात शुरुकै हक सम्मानपूर्वक बाच्न पाउने हक र कसैलाई मृत्यृदण्डको सजाय दिन नहुने भनेर कानुनी व्यवस्था अनुसार आफ्नो ज्यान त बचाउछन् तर पिडित र ज्यान गुमाईसकेको चेलिले के पाउँछ ? जबरजस्ति करणीको शिकार भएकी महिला तथा बालिकालाई बाच्न पाउने हक हुुन्छ की हुदैन ? हत्या भएर ज्यान गुमाएकीले कस्तो किसिमको बाच्न पाउने हक हुन्छ, उसलाई मृत्यृको मुुखमा हाल्नेलाई बाच्न पाउने हक पाउने तर मरेको महिलाको हक हुन्छ की हुदैन ?
जबरजस्ति करणीमा पिडितले कस्तो किसिमले पुनर्स्थापना पाउछ ? बलत्कृत भएकी बालिकालाई कसले आनमान सानको साथ बिहे गरेर आफ्नो श्रीमति बनाउलान् ? बलत्कृत भएकी चेलिसंग राम्रो व्यवहार गरि आफ्नो बुुहारी बनाउने कति सासुससुरा तथा घर परीवार छन हाम्रो समाजमा ? जबरजस्ति करणीले गर्दा शारिरीक, मानसिक असन्तुलन गुमाएका चेलिसगं समाजको दृष्टि एकैनासको हुन्छ त ?
त्यसैगरी संविधानको धारा २१ अपराध पिडितको हकको उपधारा २ मा अपराध पिडितलाई कानुन बमोजिम सामाजिक पुनः स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ । भने जबरजस्ति करणीमा पिडितले कस्तो किसिमले पुनः स्थापना पाउछ ? बलत्कृत भएकी बालिकालाई कसले आनमान सानको साथ बिहे गरेर आफ्नो श्रीमति बनाउलान् ? बलत्कृत भएकी चेलिसंग राम्रो व्यवहार गरि आफ्नो बुुहारी बनाउने कति सासुससुरा तथा घर परीवार छन हाम्रो समाजमा ? जबरजस्ति करणीले गर्दा शारिरीक, मानसिक असन्तुलन गुमाएका चेलिसगं समाजको दृष्टि एकैनासको हुन्छ त ? एकछिनको लागि सबैले हाईहाई गर्छन बलात्कारीलाई नानाथरी भनेर श्राप छन तथा मृत्युदण्ड दे अथवा त्यो व्यक्ति घृणाको पात्र बन्छ तर के त्यो चेलिको अवस्था जटिल हुदैन ? मरेको चेलीलाई त नाराजुलुश लगाएर अपराधीलाई दण्डसजाय दिलाउछ । जिवितले शारिरीक घाउको क्षतिपूर्ति बेहोर्ला तर के मानसिक पिडालाई समाप्त गर्न सक्छन ? शारिरीक, मानसिक घाउलाइ न्युनिकरण गर्नको लागि क्षतिपूर्ति र यी सजाय प्रयाप्त छ त ?
मति बिग्रेका, वुद्धि नष्ट भएका, संस्कारहीन आचरण भएकाहरुले यस्ता दुष्कार्म गरेर समाजलाई कलंकित पार्दै गैरहेका छन् । यस्ता घृणित प्रकृतिको मान्छेहरुको कारण हाम्रो समाज प्रदुषित भईरहेको छ ।
महिला विरुद्धको हिंसा उन्मुलन सम्बन्धि घाषणापत्र १९९३ मा पनि महिलामाथी हुने यौनशोषण, बलात्कार जस्ता हिंसालाई उन्मुलन गर्ने उद्देश्य राखेको छ ।
महिलाकोलागि थुप्रै नियम, ऐन, कानुन , दस्तावेज, आयोग भए पनि यि अपराधलाई न्युनिकरण गर्न सकिरहेको देखिदैन । ऐन, नियम, कानुन जति भए पनि त्यसलाई कार्यन्वयन गरेको देखिनुपर्छ । जबरजस्ति करणी मुद्दामा पनि सफाई पाएर अपराधीले उन्मुक्ति पाएका उदाहरण निर्मला पन्त हो । जहिले पनि क्षतिपूर्ति र जेल सजाय गरेर बलात्कारीहरुको मनोबल बढेको छ । यस्ता कुजातलाई छुट दिएर नै उनिहरुको मनोबल बढेको छ । उमेर अनुसार सजाय तोक्नु न्यायकोलागि प्रयाप्त भए यस्ता कार्य रोकिनु पर्ने थियो, तर वर्तमान समयमा ज.क. ले झन उग्र रुप लिएको देखिन्छ । ज. क. को मुद्दा धेरै बढेको छ जसलाई नियन्त्रण गर्न गाह्रो हुँदै छ । मति बिग्रेका, वुद्धि नष्ट भएका, संस्कारहीन आचरण भएकाहरुले यस्ता दुष्कार्म गरेर समाजलाई कलंकित पार्दै गैरहेका छन् । यस्ता घृणित प्रकृतिको मान्छेहरुको कारण हाम्रो समाज प्रदुषित भईरहेको छ ।
किताबको पानामा महिलालाई सुरक्षित गर्ने, सेवा प्रदान गर्ने, समानता दिने भन्छन् तर कार्यान्वयनमा त्रसित, भयपूर्ण र असुरक्षित वातावरण निर्माण हुदैछ । एक हातले लेखेर अधिकार दिइरहेको छ भने अर्काे हातले डरलाग्दो वातावरण निर्माण गर्दै छ ।
जबरजस्ति करणीबाट महिलाहरु दर्दनाक अवस्थाबाट गुज्रनु परेको छ । शारिरीक मात्र नभएर मानसिक रुपमा पनि पिडित भएको छ । महिलाप्रतिको हेर्न कुदृष्टिले गर्दा महिलाले जोर, जुलुम, करणीको शिकार भए पनि सहन बाध्य भएको छ । ईच्छा, आकाङ्क्षा, स्वार्थ मनोभावना, अधिकार, पिडा तथा सम्पूर्ण पक्षलाई त्यागेर साथ दिने महिलालाई कति सुरक्षित राखेको छ ? दिनहु महिला जबरजस्ति करणीको शिकार बन्दै छ । किताबको पानामा महिलालाई सुरक्षित गर्ने, सेवा प्रदान गर्ने, समानता दिने भन्छन् तर कार्यान्वयनमा त्रसित, भयपूर्ण र असुरक्षित वातावरण निर्माण हुदैछ । एक हातले लेखेर अधिकार दिइरहेको छ भने अर्काे हातले डरलाग्दो वातावरण निर्माण गर्दै छ ।
अपराध एउटा दुईटा वा एक दुई चोटी भएमा त्यसलाई सजाय र क्षतिपूर्ति दिएर रफादफा गर्न सकिन्छ तर अपराधले तिव्र रुप लिए पछि त्यस अपराध सम्बन्धि गहिरो अध्ययन, सोचनिय तथ्य र समय अनुसार कानुनी उपाय हुन पनि जरुरी छ । कानुन समाज अनुसार हुन्छ । कानुन समाजको लागि हुन्छ । कानुनले समाजलाई हैन की समाज अनुसार कानुन बनेको छ । कानुन समाजको लागि हितकारी हुनुपर्छ । घटना, परिस्थिति, समय अनुसार कानुन परिवर्तन हुन्छ भने यस्ता जघन्य,दर्दनाक अपराधलाई न्यूनिकरण गर्नको लागि कानुन किन परिवर्तन गर्न सकिदैन ? समाजलाई दुषित तुल्याउने संकिर्ण मनोस्थिति भएका घृणित प्रकृति भएका अपराधिलाई छुट दिएपछि दिनहु यस्ता अपराध बढिरहेको छ ।
विश्वको कतिपय देशहरु चीन,व अफगानिस्तान, यू.ए.ई. , बंगलादेश, इरान, साउदि अरब, पाकिस्तान र उत्तर कोरियाहरुमा जबरजस्ति करणी गरेमा मृत्यूदण्डको सजायको व्यवस्था गरेको छ । जसको फलस्वरुप त्यस्ता देशमा १२ बजे राति पनि कुनै महिला घर भन्दा बाहिर गएर बाटोघाटोमा हिड्दा कसैको हिम्मत हुदैन कि उसंग दुरव्यवहार गरौं । आफ्नो प्राण प्यारो नभएकाहरुले मात्र यस्ता दुष्कार्य गरेको हुन्छ ।
धेरैजसो देशहरु जहाँ यस्ता प्रकारका अपराधलाई सामान्य रुपमा लिइन्छ तर हाम्रो जस्तो विकासोन्मुख, हिन्दु राष्ट्रमा, हाम्रो संस्कृतिमा महिलामाथी उसको लोग्ने बाहेक अरुले कुदृष्टिको मनोभावना राख्नु नै अपराध हो । फौजदारी कानुन अनुसार अपराधिक कार्य र अपराधिक मनसाय दुइटै भए पूर्ण अपराध हुन्छ । जबरजस्ति करणी पनि फौजदारी कसुरको जघन्य अपराध अन्तर्गत पर्दछ । यसमा महिलाप्रतिको दुरव्यवहारलाई पनि अपराध मानी कानुनी सजाय राखिएको छ तर कार्यान्वयन न्युन रहेको छ ।
अपवाद : महिलाले सानो लुगा लगाएर पुरुषलाई उत्साहित पार्ने, उक्साउने तथा आकर्षित बनाएर यस्ता अपराधलाई तिव्र रुप लिन जिम्मेवार छन् । लुगा छोटो लगाउनु, विदेशी पहिरणले गर्दा जबरजस्ति करणी बढ्दैछ । तर के घुंघटमा रहेको महिला जबरजस्ति करणीको शिकार बनेको छैन ? के मुस्लिम समुदायमा बुर्का लगाउने दिदीबहिनी यौन शोषित भएको छैन ? यदि छैन भने त्यस्तै संस्कारलाई प्रयोग गर्ने कानुन बनाउन उपयोगी हुन्छ । कानुन नै बनाईदिनु पर्याे की कस्तो पहिरन लगाउनुपर्छ कस्ता लगाउनु पर्दैन ? विदेशी पहिरन, विदेशी संस्कृति, विदेशी आचरण, विदेशी शिक्षा सबै अपनाउने तर विदेशी सुरक्षा निति किन नअपनाउने ? आखिर सबै भन्दा महत्वपूर्ण कुरो त सुरक्षित भएर बाच्न पाउनुुुु हो ना की कलंकित भएर जिवनभर आशु झारेर जिवनयापन गर्नु । विदेशी संस्कृति अपनाएर मात्र हुदैन त्यसको साथसाथै विदेशी सुरक्षा प्रणाली तथा विदेशी निति पनि अपनाउनु पर्ने आवश्यक छ ।
त्यसै गरि अचेल धनी, ठुलो वर्ग, स्मार्ट भएका युवाहरुको व्यथा पनि छ की केटीहरुले उल्टै पैसाकालागि मायाजालमा पारेर फसाउने, रिसरागमा परेर फसाई सजाय दिलाउन खोजेको छ । महिला र पुरुषको शारिरीक बनाबट नै यस्तो छ की एकअर्का प्रति आकर्षित हुन सक्छ त्यसमा कुनै दुईमत छैन । सुन्दरता र पहिरनले लोभ्याएर जालमा फसाई नैतिकपतन गर्न खोजेको छ भने त्यसमा एकैचोटी महिलाको बयान लिएर स्वेच्छाचारी रुपले दण्ड र सजायको व्यवस्था पनि गर्नु हुदैन । अनुसन्धान गरेर वास्तविकता के हो, सत्यता के हो, गर्न खोजेको के हो कुरालाई हेराइ, बुझाई र खोजनिति गरि पत्ता लगाई दोषिलाई कारवाहि गरिनुपर्छ । महिला वा पुरुष जो दोषि छन उसले दण्ड पाउने व्यवस्था गरिनुपर्छ ।
त्यस्तै महिलाहरुको भनाई व्यक्तिक स्वतन्त्रता अनुसार आफु खुसी इच्छा अनुसार पहिरन पाउनुपर्छ । लुगा लगाउन पनि अरुको इच्छाले चल्नु ? केटाहरुले जस्तो लुगा लगाए नि हुने तर महिलाकालागि नियम यति धेरै किन ? जस्ता तर्क गर्छन जसले समस्या बराबरीको हुन्छ तर व्यवस्था शुन्य रहेको हुन्छ । जसको फलस्वरुप सानो पहिरन प्रयोग गर्नेहरु सुरक्षित रहन्छन तर ती कलिला, मासुम, निर्दाेष महिला तथा बालिकाहरु शिकारिएका देखिन्छन् ।
जबरजस्ति करणीअपराध नियन्त्रण गर्नको लागि कडा भन्दा कडा सजायको व्यवस्था हुनु जरुरी छ । कडा सजायले मात्र यसलाई निराकरण र नियन्त्रण गर्न सक्छ । यदि तोकेको कानुनी सजायले अपराधलाई नियन्त्रण गर्न सकेको छैन भने त्यसप्रति पुन : नयाँ कानुनको व्यवस्था हुन आवश्यक देखिन्छ ।
अन्तत : जबरजस्ति करणी अपराधको नियन्त्रण गर्नको लागि जबसम्म कडा भन्दा कडा सजाय तोकिदैन तबसम्म यसलाई नियन्त्रण गर्न असम्भव छ । यो अपराध नियन्त्रण गर्नको लागि कडा भन्दा कडा सजायको व्यवस्था हुनु जरुरी छ । कडा सजायले मात्र यसलाई निराकरण र नियन्त्रण गर्न सक्छ । ऐन, नियम, कानुन पनि समानताको आधारमा नै बन्ने गर्छन् र त्यसलाई सामान रुपले पालना गरेमा मात्रै अपराध गर्ने तृक्ष्ण प्रकृतिका मानवहरु हतोत्साहित हुनसक्छ । महिलामाथी हुने हिसांलाई न्युनिकरण गर्नको लागि निरंकुश नभएसम्म यसलाई हाम्रो समाजबाट समाप्त गर्न सक्दैन । हाम्रो समाजमा नैतिक शिक्षालाई जोड दिएर भातृत्व र मातृत्वको भावना उजागर गरि सकारात्मक सोच तर्फ लैजानुपर्छ ताकी यस्ता घृणित कार्य समाप्त होस् । यदि तोकेको कानुनी सजायले अपराधलाई नियन्त्रण गर्न सकेको छैन भने त्यसप्रति पुन : नयाँ कानुनको व्यवस्था हुन आवश्यक देखिन्छ ।
तपाईको प्रतिक्रिया