जनक साउद,बैतडी । बैतडीमा पिसिआर मेसिन आईपुगेको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले बैतडीको लागी खरिद गरेको मेसिन आज ट्रकमार्फत बैतडी ल्याईएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले बताउनुभएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारको चैत्र १५ गतेको मन्त्रीपरिषदको बैठकले कोरोना परीक्षणका लागी बैतडीमा पनी ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।
सुदरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले खरिद मेसिन बैतडी पुगेको बताउदै प्रमुख डाक्टर जोशीले साउन महिना भित्रै जडान हुने र भदौ पहिलो साताबाट परिक्षण सुरु गरिने बताउनुभएको छ ।
मेसिन स्थापनाका लागी आबश्यक भौतिक संरचना यसअघि नै निर्माण भईसकेका छन । जिल्ला अस्पतालको पुरानै भवनमा ल्याब स्थापनाका लागी भौतिक संरचना तयार पारिएको छ । जिल्लामै ल्याब स्थापना भए पछि शंकास्पद बिरामीको स्वाब परीक्षणका लागी सहज हुने भएको छ ।
बैतडीमा ल्याब स्थापना नहुदा कोरोना परीक्षणका लागी स्वाब संकलन गरेर डडेल्धुरा, धनगढी लगायत देशका बिभिन्न प्रयोगशालामा पठाउने गरिएको छ ।
ल्याब स्थापना भए पछि कोरोना परीक्षण मात्रै नभएर अन्य रोगहरुको पनी चेकजाचका लागी सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख जोशीले बताउनुभएको छ । यस्तै जिल्ला अस्पताल डोटीमा भने यस अघि नै मेसिन आईपुगेको थियो ।
तपाईको प्रतिक्रिया