काठमाडौं । पुष्पलाल मित्रता केन्द्र घोडाघोडी नगर कमिटि गठन भएको छ । पुष्पलाल मित्रता केन्द्र घोडाघोडी नगर कमिटिको अध्यक्षमा खेमराज जोशीको अध्यक्षतामा ५१ सदस्यिय कमिटी गठन गरेको हो ।
पुष्पलाल मित्रता केन्द्र कैलालीका अध्यक्ष कर्ण जैशीको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिबमा रवि आचार्य, सहसचिबमा कृष्ण चौधरी र कोषाध्यक्षमा उसा गीरी लाई चयन गरेको हो । सदस्यहरुमा खडक बोगटी, टेकराज आचार्य, अशोक भण्डारी, कृष्ण विष्ट, पहलमान शाही लगाएतका रहेका छन ।
पुष्पलाल मित्रता केन्द्र कैलालीका जिल्ला सदस्य खडक रावतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्र कैलाली सचिब दीर्घ जोशी, जिल्ला उपाध्यक्ष लोकेन्द्र शाहीले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मेघ बहादुर साउँदले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार–प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले पुष्पलाल मित्रता केन्द्रको सबै तहमा कमीटी गठन गरीएको मित्रता केन्द्र कैलालीका अध्यक्ष कर्ण जैशीले जानकारी दिए ।भेलामा पुष्पलाल मित्रता केन्द्र कैलालीका सदस्य पुर्ण विष्ट, बखत विष्ट लगाएतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया