जनक साउद,बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत आर्थिक बर्ष २०७६÷०७७मा ३ हजार भन्दा बढीले नागरिकता प्राप्त गरेका छन । आर्थिक बर्ष भरिमा ३ हजार ६ सय ३९ जनालाई बशंजको आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाण बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले बताउनुभएको छ ।
आर्थिक बर्ष २०७५÷०७६मा ७ हजार १ सय ७१ जनाले नागरिकता लिएकोमा गत आर्थिक बर्ष २०७६÷०७७मा कोरोना महामारीबाट बच्न सरकारले गरेको लकडाउनका कारण कम संख्यामा नागरिकता बितरण गरिएको उहाले बताउनुभयो । यस्तै आर्थिक बर्ष २०७५÷०७६मा १ हजार ८ सय ८३ जनाले प्रतिलिपि नागरिकताको प्रमाण पत्र लिएकोमा गत आर्थिक बर्षमा भने १ हजार ३ सय २१ जनाले प्रतिलिपि नागरिकताको प्रमाण पत्र लिएका छन ।
आर्थिक बर्ष २०७५÷०७६मा १२ जनाले बैबाहीक अंगीकृत नागरिकता लिएकोमा गत आर्थिक बर्षमा ७ जनाले मात्र बैबाहीक अंगीकृत नागरिकता प्राप्त गरेका छन । आर्थिक बर्ष २०७५÷०७६मा ५ हजार ८ सय ८० जनाको पुरानो नागरिकता अभिलेखीकरण राखिएकोमा गत आर्थिक बर्षमा १ हजार १४ जनाको मात्रै अभिलेखीकरण राखिएको छ ।
आर्थिक बर्ष २०७५÷०७६मा २ जनाले नागरिकता परित्याग गरेकोमा गत आर्थिक बर्षमा १ जनाले मात्र नागरिकता परित्याग गरेका छन । यसै बिच गत आर्थिक बर्षमा राहदानीको लागी ३ सय ४३ जनाको साधारण सिफारिस गरिएको छ । ९ सय १० जनाको दृत सिफारिस, ३ सय ३२ जनालाई राहदानी बितरण गरिएको छ भने ५ सय ७२ राहदानी बितरण गर्न बाकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
तपाईको प्रतिक्रिया