काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेका कारण काठमाडौं उपत्यका ३ हप्तासम्म पुनः लकडाउन गरिने भएको छ ।
उपत्यकाभित्रका स्थानीय तहले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्।
काठमाडौं उपत्यका मेयर फोरमको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताउनुभयो।
बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। उपत्यका भित्र रहेको जिल्ला प्रशासन कार्यालयले १५ दिनको लागि आइतबारदेखि लागू हुनेगरी सट डाउन गरिसकेको छ ।
तपाईको प्रतिक्रिया