दार्चुला । दार्चुला जिल्लाका दुई वटा स्थानीय तहका ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परीक्षणमा दार्चुला जिल्लाका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपलिकाका ३ जना र मार्मा गाउँपालिकाका २ जना रहेका छन् ।
यहि साउन २२ गते आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको स्याव परिक्षण गएिको थियो । यो सँगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४७ जना पुगेका छन् ।
तपाईको प्रतिक्रिया