— लोकनारायण सुवेदी
विश्वमा कहिँपनि जब कुनै मोडमा मानव सभ्यतालाई आफ्नो अस्तित्वको लागि नयाँ दिशा दिन पर्ने आवश्यकता प¥यो त्यतिबेला त्यो समाज विशेषलाई नयाँ दिशातिर नेतृत्व प्रदान गर्ने काम विकसित दृष्टिकोण र प्रविधिकासाथ यूवा पिढीले गर्ने गरेको इतिहास रहेको पाइन्छ । वास्तवमा कुनै पनि समाजमा बृहत्तर र सुक्ष्मतम् दुबै अग्रगामी परिवर्तनको बीडा उठाउने र जोखिम मोल्ने काम युवा पिढीले नै गर्ने गरेको हामी देख्दछौ । हुन पनि युवा मानिसमा विशेष गरी दुई किसिमका महत्वपूर्ण गुणहरु रहेका हुन्छन् नै । पहिलो हो – युवामा यत्तिका उर्जा हुन्छ कि उसले कुनै नयाँ कुरा गरेर देखाउने उत्साह र उत्सुकता बढी नै राख्दछ । दोश्रो कुरा, कुनै मानिस युवा पिढीमा प्रवेश गर्दैै गर्दा, अपबादलाई छोडेर, सामान्यतः जीवनमा त्यत्तिका धेरै हण्डर ठक्कर उसले खाएको हुँदैन र त्यत्तिका बढी निराश बनेको पनि हुँदैन कि कुनै नयाँ काम गर्ने जाँगरै मरेको होस् र प्रयास गर्नै छोडिदेओस् ।
यसको स्पष्ट अर्थ के हो भने युवा पिढी या युवामा मूलतः सकारात्मक सोच र ऊर्जाको आधिक्यता हुन्छ । यी नै दुइटा गुणले बिशेषतः युवालाई परिवर्तनको सम्वाहक बनाउँदछ । अनि यी नै बिशेषताका कारणले बिश्व समाजका जहाँकही पनि कुनै क्रान्ति या आमूल सामाजिक परिवर्तनको आवश्यकता बन्यो त्यति बेला समाज नव युवाहरुले नै अग्रिम मोर्चामा डटेर परिवर्तनको बाटो र मञ्जिल तय गरेको र सम्हालेको हामी पाउँदछौ । चाहे त्यो राजनीतिक मोर्चा होस्, आर्थिक मोर्चा होस्, सामाजिक या साँस्कृतिक मोर्चा नै किन नहोस् ।
आज विश्वका कुनै पनि देशले यतिबेला बितेको समयलाई पछाडि छोडेर नबीन ऊर्जाकासाथ आफ्नो बर्तमानमा जीबन्त रहेको देखिन्छ भने त्यसको श्रेय अबश्य पनि त्यो देश या समाजको युवा पिढीलाई नै जान्छ र दिनु पर्दछ । युवा पिढीको उत्साहप्रद स्फूर्ति, कार्य गर्ने सौर्य र सदीच्छालाई यदि सही दिशानिर्देश र अवसर मिल्दछ भने त्यतिबेला परिवर्तन र अग्रगमनको लागि यो पिढीले धेरै अभूतपूर्व कार्य सम्पादन गरेर समाजको नेतृत्व गर्दछ, गरेको जीवन्त र सुन्दर इतिहास छ । तर यो ऊर्जाशील युवा पिढीलाई गलत दिशामा धकेलियो भने यो पिढी ठूलो बिनाशकारी परिणाम ल्याउन पनि प्रयुक्त हुने गरेको इतिहास छ र इतिहासको अध्ययन अबलोकनबाट यो कुरा प्रष्ट हुन्छ ।
आज हामीले हाम्रै देशको आधुनिक इतिहासलाई सर्सरी हे¥यौ र केलायौं भने बिगतदेखि अहिलेसम्म बिशेषतः यही युवा पिढीले नेपालको अस्तित्व कायम राख्न र परिवर्तनको आन्दोलनलाई अघि बढाउन अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको र योगदान दिएको पाउदछौ । मध्ययुगीन राणाशही तानाशाहीकाबिरुद्ध सामाजिक बिभेद र बिषमताको अन्त्य, तथा सामाजिक मुक्ति र प्रगतिको निमित्त जुन सुन्दर सपना साँचेर हाम्रो युवा पिढी बिगतदेखि शतत संघर्ष गर्दै आयो, त्याग,साहस, समर्पण र बलिदनको बाटो समात्यो त्यो अबिष्मरणीय छ । चाहे हामी लखन थापाको कुरा गरौं , योगमायाको कुरा गरौं, प्रचण्डको गोर्खाको कुरा गरौं, या नेपाल प्रजापरिषदको कुरा गरौं या नेपाली कांग्रेसको या नेपाल कम्युनिष्ट पार्टी स्थापना र संघर्षको कुरा गरौं युवा समुदायका अग्रज सचेत ब्यक्ति र ब्यक्तित्वहरुको अबिस्मरणीय सत्यनिष्ठ, योगदान, त्याग र समर्पणको उज्वल परम्परा रहेको इतिहास हामी देख्दछौ । युवा शक्तिले इतिहासलाई सही बाटोमा डो¥याएको बेला नेपालमा परिवर्तनको सपना साँचो र जीवन्त बनेर खडा भएको छ भने युवा पिढीले बाटो बिराउँदा या गलत दिशामा धकेलिदा नेपाल पछि धकेलिएको र अल्मलिएको तथा अबिश्वासको अनुपयुक्त बातावरण सिर्जना भएको स्थिति पनि बिकिसित हुने गरेको देखिदै आएको छ ।
त्यसैले, युवा पिढी र यसको यूवा उर्जालाई सही बाटो देखाउनु अत्याबश्यक छ । अन्यथा समाजले सूनौलो भबिष्य गुमाउने छ । आज युवा जनसंख्याको मामिलामा हाम्रो देश लगायत जुन देशहरु अगाडि छन् तिनीहरुले यो उर्जाशील शक्तिलाई सही दिशा र गति दिन सकेनन् भने उनीहरुलाई पुनः यो सुन्दर भबिष्य निर्माणको अवसर मिल्ने छैन । हाम्रा अर्थ बिज्ञहरु हाम्रो यूवा जनसंख्यालाई हेरेर देशको बिकासको उत्तम मौका यही दशकको भनेर भनिरहेका छन् । तर हामीले हाम्रा युवाहरुलाई कसरी नेतृत्व गरिरहेका छौं यो आजको अत्यन्तै महत्वपूर्ण प्रश्न बनेर खडा भएको छ । यसको उत्तर कस्तो आउँदछ त्यसले नै हाम्रो भबिष्य सही गलत कुन दिशामा छ भन्ने कुरा निर्धारण गर्दछ ।
यसमा निश्चय नै कुनै दुइ मत छैन कि नेपालको युवा शक्ति सकारात्मक सोच राख्ने परिबर्तनकामी शक्ति मात्रै होइन, मेहनती र इमानदार शक्ति पनि हो । अनबरत काममा लागिरहने जीबन्त कुरामा बिश्वास गर्ने शक्ति पनि हो । सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुने र हुँदै आएको शक्ति पनि हो । तर दुर्भाग्य हामीले देशमा हुदै आएका राजनीतिक परिवर्तन पछि यूवा शक्तिलाई देशको बिभिन्न क्षेत्रमा सही नीति, योजना र कार्यक्रमका साथ प्रयुक्त गर्न सकेनौ र सिकेनौ । बरु बिदेश पलायन हुन, गराउन बिभिन्न किसिमले प्रोत्साहित गर्दै र प्रश्रय दिंदै आयौं । फलस्वरुप आज हाम्रा यूवाहरु अधिकांशतः खाडी, मलेशिया, कोरिया लगायत बिश्वका बिभिन्न देशमा छरिएर रहेका छन् । उनीहरुको जीवनको एउटा महत्वपूर्ण उदेश्य कामको खोजीमा अर्थात् रोजगारीका लागि बिदेश जानु नै रहेको हुन्छ । अनि हाम्रो राष्ट्रिय आमदानीको एउटा महत्वपूर्ण हिस्सा करीब २८ प्रतिशत बिदेशबाट प्राप्त बिप्रेषण हुन्छ र हामी त्यसमा ठूलो गर्ब पनि गर्दछौ । भलै त्यो बिप्रेषण पुनः अरु कुनै देशमा त्यो भन्दा बढी परिमाणमा प्रबाहित किन भइरहेको नहोस् !
बास्तवमा हामीले युवा शक्तिलाई देश र जनताप्रति सत्यनिष्ठाकासाथ समर्पित भएर सुझबुझतापूर्वक लाग्ने बातावरण बनाएनौ । बरु उत्ताउलो, हाहा हुहु गरेर सत्ता वा त्यसको वरिपरी घुम्ने खालको बनाउने काम ग¥यौं र गरिरहेका छौं । यस क्रममा युवा पिढीको एउटा तप्कालाई रातारात कमाउने भ्रष्ट प्रबृत्तिको बनाउन बाँकी राखेनौं । त्यसको दुष्परिणाम आज हामी राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हर क्षेत्रमा देखिरहेका छौं र सुन्दर भबिष्य निर्माण गर्ने दीगो आधार तयार गर्ने भन्दा पनि ‘जो हात सो साथ’को बाटो लाग्न प्रेरित गरिरहेका छौ । उनीहरुलाई धैर्यबान, सौर्यबान र सच्चा चरित्रबान बनाउनेतिर हामी लागेनौ र लाग्ने कुनै संकेत पनि देखाइरहेका छैनौ ।
‘सत्य केही होइन, सत्ता सबै थोक हो’ भन्ने कुरा नै आजको हाम्रो सपना,बिपना र जपना बनेको छ । यो ‘दुइ नम्बरी काम गरेर रातारात धनी बन्ने’ प्रबृत्तिकै राजनीतिक आयाम नै हो । हामीले संबिधान आएयता सम्पन्न तीन तहको चुनावका बेला पनि यो प्रबृत्तिले धेरै नै प्रभाव पा¥यो । त्यसले चुनावमा धान्नै नसकिने सीमहीन खर्च भएको मूल प्रबाहका सबै दलहरु र तिनका नेताहरुले भन्न बाँकी पनि राखेनन् । तर त्यस्तो पैसा कसरी कहाँबाट आयो र खर्च भयो भन्ने प्रश्न भने उठाएनन् ।यस्तो प्रबृत्तिले आक्रान्त भएको शक्ति, संगठन, समूह कसैले पनि देश र जनताको साझा लक्ष्य समुन्नति र समृद्धिको प्रतिनिधित्व गर्न सक्दैन । बरु यस्तो प्रबृत्तिले निहीत स्वार्थ भएको सानो समूहलाई नै क्रियाशील तुल्याउन सहयोग पु¥याउँदछ । जुन सामाजिक अधपत्तको बिल्कुलै गलत बाटो हो ।
निश्चय नै अहिलेको युग ‘इन्टरनेट पिढी’को युग हो । ई–ज्ञान, ई–काम र ई–आर्जनको आजको यो एक्काइसौ सदीको तेश्रो दशक आरम्भ भइसकेको युगमा हामीले यूबा समुदायलाई कस्तो बनाउनु र प्रस्तुत गर्नु पर्दछ यस दिशामा गम्भीर भएर सोचेनौ र सिकेनौ भने नेपाल र नेपाली जन समुदायले बिग्रह र बिनासको ठूलो बोझ बोकेर दशकौ बरालिनु पर्ने स्थितिबाट मुक्त हुन सक्ने छैन । यो आजको ज्वलन्त र तीतो सत्य हो । यद्यपि बर्षौंं बर्षदेखि नेपाली समाजमा भए रहेका अर्थ–राजनीतिक ताथ साँस्कृतिक–सामाजिक बिकृति र बिसंगतिहरुलाई रातारात ‘छु मन्तर’ गरेर हटाउन सकिन छैन नै । तर जागुरुप, अनुशासित, संगठित र संघर्षशील यूवाहरुले यस्तो बिसंगतिहरुको अन्त्य गर्ने बिडो उठाउनु पर्ने आवश्यकता छ । निश्चय नै इण्टरनेटको जमानको यूबा पिढी हरेक काम ‘कम्प्यूटर’ले जस्तै बैज्ञानिक ढंगले छिटो, छरितो र किफायती किसिमले गर्न चाहन्छ । यसो गर्नु, गराउनु आजको युगीन आवश्यकता, दायित्व र सही पनि हो । तर जबसम्म आजको ‘इण्टरनेट’ र ‘कम्प्यूट’लाई देशको कृषि, उद्योग, बिद्यूतिकरण र पर्याबरणसँग अर्थात आम जनताका साझा सरोकारसँग गाँसेर त्यसलाई बहुसख्यक जनताको हितमा लैजाने बैज्ञानिक, सामयिक र परिणामदायी ढगले प्रयुक्त गरिदैन तबसम्म समाजमा ब्याप्त बिभेद, बिषमता, बिभाजकारी प्रबृत्तिको अन्त्य गर्न सकिने छैन । अपबादलाई उदाहरण बनाएर सन्तोष मान्न सकिएला तर त्यो समाधानको मूल बाटो होइन । मूल बाटो त युवाहरुलाई जगाउने, उठाउने र सही बाटो लगाउने नै हो । बिज्ञान र प्रबिधिलाई युवा पिढीसँग र यूवापिढीलाई कृषि, उद्योग, बिद्यूतिकरण, पर्यावरण सहीतको शिक्षा र स्वास्थ्यसँग नयाँ उच्चाईकासाथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्वन्ध र उत्पादन पद्धतिबाट मुक्त हुनै पर्दछ । अन्यथा इन्टरनेट ज्ञानले पनि समस्या समाधान दिन सक्दैन र एउटा बिलाशको बस्तु मात्र भएर सीमित हुन पुग्दछ । यो अहिलेसम्मको चिन्तन, चरित्र र व्यवहारले दर्शाएको अनुभवको महत्वपूर्ण निचोड यही नै हो ।
तपाईको प्रतिक्रिया