– लोकनारायण सुवेदी
वस्तुतः विश्वमा जनसञ्चार या संचार, बिचार, सूचना, संकेत आदिको आदान प्रदानबाटै मानिसको समग्र जीवन मूल्यहरु, साँस्कृतिक संरचनाहरु आदिको निर्माण हुन्छ । वास्तवमा जनसञ्चारका मूल तत्वहरु हाम्रा अर्थात् मानिसको जीवनमा के कसरी निर्मित र स्थापित हुन्छन्,सिकिन्छ र सिकाइन्छ यो सबैले अनुभव गरिरहेको र खाशै बताइरहनु पर्ने कुरा होइन । आज विश्वले सभ्यता र सँस्कृतिको विकासको साथसाथै शिक्षित, सुसँस्कृत जन समुदायले सञ्चार कलाको आधारमा सन्देशहरु अरुसम्म पु¥याउने बिभिन्न राम्रा राम्रा साधनहरु, माध्यमहरुलाई सूचना प्रविधिको सहयोगले बिकसित गरिसकेको छ ।
यस परिप्रेक्षमा के भनिन्छ भने आमा पछाडि समाजमा कुनै कुराको सर्बोच्च स्थान छ भने त्यो पुस्तककै छ । अर्थात् ज्ञानका श्रोतहरु आमा जत्तिकै प्रिय र सम्मान्य बनेका छन् । यसरी सूचना, ज्ञान र सञ्चारकी देवी आज यो फराकिलो ’किताब’ नै बनेको छ । हिजो पनि हामीले सारा प्रकृति नै एउटा खुल्ला किताब हो भन्दै आएका पनि हौं । हुन त वैज्ञानिक उपकरणहरुको बिकासको साथै यस जनसञ्चारको कलामा पनि उत्तरोत्तर निखार तथा सुक्ष्मता दृष्टिगत हुन थालेको छ । आजका विद्युतिय उपकरणहरुको मद्दतले मानिसले जुन सीमाहरुको स्पर्श गर्न शुरु गरेको छ सम्भवतः त्यसको कल्पनासम्म पनि हाम्रा पूर्बजहरुले हिजो गर्न सकेका थिएनन् । त्यो सम्भावना पनि थिएन । यत्ति हो कि प्रसिद्ध जर्मन दार्शनिक तथा द्वन्द्वात्मक भौतिकबादका ब्याख्याता एबं बिश्व कम्युनिष्ट आन्दोलनका सुत्रधार कार्ल मार्क्सले समाज बिकासको ऐतिहासिक कालक्रममा सामन्तबादी राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सँस्कृतिबाट मुक्त भएको पूँजीवादले अकल्पनीय बिकासको फड्को माछ भन्ने कुरा औंल्याएका थिए । अनुसन्धान र बिकासमा निरन्तर नयाँ नयाँ खोज बिना त्यो (पूँजीवाद) टिक्न सक्तैन भन्ने कुरा उनले एकदमै प्रष्टसँग औंल्याएका थिए । त्यो प्रमाणित भएको हामी देखिभोगी रहेका छौं ।
यथार्थतः आज यसरी सूचना प्रबिधिको क्षेत्र ठूलो सम्भावनाले भरिएको क्षेत्र बनेको छ । हुन पनि यो सूचना प्रबिधि मानबको चौतर्फी बिकासको सफलताको ढोका खोल्ने आज एउटा अत्यन्तै महत्वपूर्ण साँचो बनेको छ ।
आजकल त पढ्न, सुन्न र देख्न के पाइन्छ भने अन्तरिक्षमा पठाइने ब्यक्तिहरुले समेत अब कुनै अबरोध बिना नै आफ्ना सारा अनुभवलाई रेडियो, टेलिभिजन र इन्टरनेट रिपोर्टबाट हामी, हाम्रो समाजसम्म तत्कालै पु¥याउन सक्छन् र सकिरहेका छन् । रकेटमा जडित क्यामेराको सहायताले अन्य ग्रहहरु, उपग्रहरुका छायाँ चित्र र चलचित्रहरु आजकल निरन्तर प्राप्त भइरहेका छन्, हुन्छन् । उपग्रहको माध्यमबाट टेलिभिजन तथा इन्टरनेटमा संसारका कुनै पनि कुनाका चित्रहरुलाई सूचना प्रबिधिको मजाले प्रयोग गरेर हेर्न, देख्न सकिन्छ । उदाहरणका रुपमा लिने हो भने जन सञ्चारमाध्यमले हामी समक्ष शब्द सञ्चार ( समाचारपत्रहरु, किताबहरु, श्रब्य–दृष्य — रेडियो, क्यासेट, टेप्रिकर्डर, दृष्य सञ्चार — टेलिभिजन, मोबाइल, अडियो–भिडियो, चलचित्र र इन्टरनेट आदिका मार्फत सूचना प्रबिधि(कम्प्यूटर, मोबाइल एप) आदि इत्यादिकारुपमा आज मौजूद छन् । यथार्थतः आज यसरी सूचना प्रबिधिको क्षेत्र ठूलो सम्भावनाले भरिएको क्षेत्र बनेको छ । हुन पनि यो सूचना प्रबिधि मानबको चौतर्फी बिकासको सफलताको ढोका खोल्ने आज एउटा अत्यन्तै महत्वपूर्ण साँचो बनेको छ ।
आजको संसारमा राजनीति, अर्थतन्त्र, सामाजिक तथा साँस्कृतिक संरचना लगायत सञ्चारका हरेक क्षेत्रलाई ’डिजिटलाइज्ड’ गरिदैछ । बिश्वका कयौं देशले त यस सूचना प्रबिधिका पूर्णरुपले सदुपयोग गर्न थालिसकेका छन् । इ-शिक्षा, इ-स्वास्थ्य, इ-ज्ञान, इ-ब्यापार ब्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष आज सबै गाँसिदै गएका छन् । यसले रोजगारीका नयाँ नयाँ क्षेत्र अनि काम गर्ने नयाँ नयाँ कौशल पनि बिकसित गर्दै लगेको छ । वास्तवमा भन्ने हो भने दक्ष जन शक्ति बिकासमा र त्यसको माध्यमबाट समग्र बिकास परिधिमा आज सूचना प्रबिधिले अत्यन्तै ठूलो र अपरिहार्य भूमिका खेलिरहेको छ र यो भूमिका अझ धेरै ब्यापक हुँदै जाने सम्भावना पनि उत्तिकै प्रबल छ ।
इतिहास हेर्ने हो भने पहिलाको समाज मानिसको जीवन र अस्तित्वका लागि संघर्ष गर्ने चरणको समाज थियो । धन मात्र यस्तो शक्ति मानिन्थ्यो जसले समाजको भोक, असुरक्षा, बिमारी र आपत्ति–बिपत्तीमाथि बिजय पाउने शक्ति दिन्थ्यो । तर अब सामाजिक जीवनका बिभिन्न पक्षहरुलाई जन संचारमाध्यमहरुले अनेक नयाँ नयाँ अबधारणाहरुसँग जोडिरहेका छन् । टेलिभिजन, दूर सञ्चार, मोबाईल, कम्प्यूटर, इण्टरनेट आदि आदिका कारण शहरतिर बस्ने जन समुदायलाई मात्र होइन अब त ग्रामीण सामाजिक परिवेशमा पनि निक्कै नै परिवर्तन आएको र आइरहेको छ । पहिला ग्रामीण समाजले आफ्ना बिभिन्न सरकारी कार्यहरुका निमित्त गाउँदेखि सदरमुकामसम्मको धेरै दिनको लामो यात्रा गर्नु पर्ने गर्दथ्यो र सम्वन्धित बिभागहरुमा पुग्नु पर्ने हुन्थ्यो । तर नयाँ सूचना प्रबिधिका जन माध्यमहरुले उनीहरुको कार्यलाई आज सहज र सरल तुल्याउदै लगेको छ । यसलाई अज सहज र ब्यापक बनाइनु आवश्यक छ ।
त्यसैले सूचना क्रान्तिको सदुपयोगबाट उपयुक्त औषधीहरुको बिवरण दिने र प्राप्त गर्ने काम हुन्छ । अनि टाढा घरमै बसी बसी बिशेषज्ञहरुसँग तत्काल सर–सल्लाह गरेर आवश्यकता अनुसार बिमारीले यी माध्यमहरुद्वारा लाभ लिने काम हुन थालेको र कतिपय ठाँउमा त निरन्तर भइहरेको पनि छ ।
ग्रामीण कृषकले आज आफ्नो वरिपरीको बजार भाउ थाहा पाएर तदनुरुपको उत्पादन बिक्री बितरण गर्ने योजना बनाउन सक्ने स्थिति बिकसित हुँदै गइरहेको या भइसकेको छ । स्वास्थ्य सुरक्षा सम्वन्धि गतिबिधिहरुको बिकासलाई पनि सक्षम बनाउनमा सूचना प्रबिधि आज एउटा सबल र सार्थक साधन बन्न पुगेको छ । त्यसैले सूचना क्रान्तिको सदुपयोगबाट उपयुक्त औषधीहरुको बिवरण दिने र प्राप्त गर्ने काम हुन्छ । अनि टाढा घरमै बसी बसी बिशेषज्ञहरुसँग तत्काल सर–सल्लाह गरेर आवश्यकता अनुसार बिमारीले यी माध्यमहरुद्वारा लाभ लिने काम हुन थालेको र कतिपय ठाँउमा त निरन्तर भइहरेको पनि छ । यसरी टाढा दूरदराजको अस्पतालहरुबाट अबिलम्ब सर–सल्लाहरुको ब्यवस्था गर्न यी सूचना प्रबिधिका संसाधनहरुबाट सकिने स्थिति बनिरहेको या बनिसकेको छ । यसको साथै उपचार पद्धति र शिक्षा प्रणालीहरुमा पनि यी साधनहरुको मज्जाले उपयोग गर्न थालिएको छ ।
राज हाँसले दूध र पानीका बीचबाट जसरी दूध छुट्टयायएर ग्रहण गर्दछ त्यसरी नै हामीले बिकाससँगसँगै आएका बिकृतिहरुलाई पन्छाएर ग्रहण गर्न’ सक्यौं र सिक्यौं भने त्यो जीवन, समाज र राष्ट्र सबैका लागि सदाका लागि त्यो उपयोगी हुन्छ र निश्चितरुपमा त्यस्तै बनाइनु पर्दछ भन्ने हो ।
यस प्रकार जन सञ्चारमाध्यमहरुको प्रभाव पारस्परिक सँस्कृतिमा स्पष्टरुपले परेको देखिन थालेको या देखिइसकेको छ । यस्ता सूचना प्रबिधिका माध्यमबाट संसाधनहरुको ब्यापक सञ्जालले आकाश मार्गबाट हाम्रा घर घरमा प्रवेश गरिसकेको छ । आजको पिढीले यी माध्यमहरुद्वारा पस्किने गरिएका पाश्चात्य सँस्कृति र फेशन, ब्यसन र अश्लिलता आदिको अन्धानुकरण पनि गरिरहेको छ । यस्तो अन्धानुकरणले हाम्रो सँस्कृतिलाई केही हदसम्म निक्कै प्रभाबित गरेर त्यसको अबमूल्यन गर्ने प्रयाश पनि भइरहेको छ । तर सूचना प्रबिधिको लक्ष्य त्यो होइन । यो एउटा अस्थाई र सामयिक (खाश समयको) कुरा मात्र हो । बस्तुतः जन सञ्चार साधनहरुको सुनियोजित सदुपयोग सर्बस्पर्शी र सर्बहितकारी सावित हुनसक्छ र अन्ततः समाजले त्यसरी नै ग्रहण गर्दछ । अनि बिकृति र बिसंगतिलाई पराजित गर्दै समाज राष्ट्र र बिश्व निरन्तर सही दिशामा अघि बढ्छ नै । हाम्रो पुरानो शास्त्रमा भनिएको पनि थियो कि ’अनन्त पारं किल शब्द शास्त्रम्, स्वल्पं तथायुर्बहबश्च बिघ्नाः, सारंततो ग्राहृय मपास्य फल्गु, हंसैर्यथा क्षीर मुबाम्बु मध्यात्’ । यसको अर्थ हो — ‘मानिसको आयु छोटो छ, जान्नु पर्ने कुराहरु अनन्त छन्, त्यसैले सही सारतत्वलाई बुझेर ज्ञान लिनु पर्दछ । यसको एउटा उदाहरण राज हाँसले दूध र पानीका बीचबाट जसरी दूध छुट्टयायएर ग्रहण गर्दछ त्यसरी नै हामीले बिकाससँगसँगै आएका बिकृतिहरुलाई पन्छाएर ग्रहण गर्न’ सक्यौं र सिक्यौं भने त्यो जीवन, समाज र राष्ट्र सबैका लागि सदाका लागि त्यो उपयोगी हुन्छ र निश्चितरुपमा त्यस्तै बनाइनु पर्दछ भन्ने हो ।
तपाईको प्रतिक्रिया