कैलाली । कैलालीको लम्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।
लम्की बसपार्कमा रहेको दिपाली होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जुवाको खालबाट ८१ हजार रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।
लम्कीका रामराज जैसी, लक्ष्मण बुढाथोकी, जिवन अधिकारी, धमिन्द्र रावल, पवन थापा, प्रकाश शाही, पुरन बिक र घोडाघोडी नगरपालिकाका अक्कल शाहीलाई जुवाको खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया