काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिएको जनाउनु भएको छ ।
नेपालका लागि जनगणतन्त्र बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेटमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने जनाउनुभयो ।
यही वर्ष बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्गलादेशी जनतालाई उनले बधाई तथा शुभकामना व्यक्त समेत गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया