Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भ्रष्टाचारका विरुद्ध निर्मम लडाई नलडे बन्दैन देशको भविष्य


भ्रष्टाचारका विरुद्ध निर्मम लडाई नलडे बन्दैन देशको भविष्य

—लोकनारायण सुबेदी

सर्वत्र आज वैध अवैध भ्रष्टाचारले देश र समाजलाई नराम्रोसँग खोक्रो पारिरहेको छ । यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा नागरिक स्वतन्त्रता नै गम्भीर खतरामा पर्दै गएको छ । नेपाल एउटा भ्रष्ट देश हो भन्ने कुरा संसारभरी नै फैलिएको छ । भ्रष्टाचार, कमिशनखोरी र तस्करी नै हाम्रो राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र संस्कृतिको प्रमुख विषय बनिरहेको अवाञ्छित स्थिति व्याप्त छ ।  यो भयावह महारोगले हाम्रा विकास योजना परियोजना मात्रै होइन, सत्ता र त्यसको वरिपरीका मुठ्ठीभर मानिसहरुको मनोग्रन्थीलाई नराम्ररी गाँजेको छ र त्यसैका लागि उनीहरु निरन्तर सत्ताको दुरुपयोग गरेर विलाश र वैभव बटुल्न ज्यूज्यान छोडेर लागि परेका छन् । जसले जति लुट्न सक्छ लुट्ने काम भइरहेको छ । हामीले बुह चर्चित बालुवाटार ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा कागजपत्र मिलाएर कीर्ते गरेको डरलाग्दो प्रकरणको कुरा मात्र होइन, त्यसपछिका सेक्युरिटी प्रेस खरिद प्रकरण, यति प्रकरण, स्वास्थ्य सामाग्री खरिद ओम्नी प्रकरण र  पहिलेदेखि नै अनियमीतता, भ्रष्टाचार, कर छली स्वीस बैंकमा अकूत सम्पत्ति अबैध किमिसले राख्ने प्रकरणहरु कुनैलाई बिर्सन सकिदैन र बिर्सन हुँदैन । हुन पनि लामो समयदेखि एनसेलले कर छलेको ६३ अर्ब, स्वीस बैंक प्रकरणको ५२ अर्ब, चमेलिया  जलबिद्यूत २३ अर्ब, ४ जी बितरण ११अर्ब, वाईडबोडी बिमान प्रकरण ६.५९ अर्ब  बिनोद चौधरी कर छुट प्रकरण ६ अर्ब, सिण्डीकेट बार्गेनिङ्ग ५ अर्ब, लोकमानिसिंह कार्की प्रकरण ५ अर्ब,भृकुटी मण्डप ठेक्का प्रकरण ५ अर्ब, म्यान पावर प्रकरण ४ अर्ब,मध्य पहाडी लोकमार्ग प्रकरण ३.२ अर्ब, माथिल्लो तामाकोशी ३ अर्ब, हुलाकी मार्ग प्रकरण ३ अर्ब, मेलम्ची खानेपानी प्रकरण ३ अर्ब,लाइसेन्स छपाई प्रकरण २.५ अर्ब ३८ कुइण्टल ३३ किलो सुन प्रकरण २ अर्ब, हिमालय एयरलाईन्स प्रकरण १.५ अर्ब समेत धेरै यस्ता भ्रष्टाचारका प्रकरणहरु चलेका छन् । यो सूचि अझ लामो हुनसक्तछ ।   यस प्रकारको भ्रष्ट बृत्ति प्रबृत्ति तत्काल रोकिनु कारबाही गरिनु र अन्त्य हुनु नितान्त आवश्यक छ । अन्यथा देश भ्रष्टाचारी, माफिया, तस्कर र कालाबाजरिया बाहेक अरु कसैको हुनेछैन । यो एकदमै प्रष्ट भइसकेको र भइरहेको कुरा हो ।यसका बिरुद्ध सम्पूर्ण जनता उठ्नु पर्छ र लडनै पर्छ । भाइरस लागेको बेला भनेर यसप्रति चुपचा रमिते भएर रहनु देशलाई धमिरा लगाउन मद्दत गर्नु हुन जान्छ ।

तर भन्न र सुन्नलाई यी कुरा जति सजिलो र सरल लाग्छ  व्यवहारमा यो लडाईलाई खरो उतार्न भने कम कठिन छैन । किनभने बर्षौंदेखि हामीले, हाम्रो समाजले यस्ता राम्रा कुरा भन्दै सुन्दै आएको छौं तर न भ्रष्टाचार घटेको छ न रोजागारी बढेको छ । न भोकमरी र अभाव नै समाप्त भएको छ । केवल सस्तो प्रचारबाजी र पाखण्ड प्रदर्शन गर्ने काम मात्रै हुँदै गरिदै आएको छ । यसले के प्रष्ट हुन्छ भने यी समस्यालाई ‘ब्यापार ब्यवसाय’ बनाएर सत्तामा पुग्ने र अनि तिनै भ्रष्ट र गलत प्रकृयालाई चालु राख्ने प्रपञ्च भइरहेको छ र त्यसलाई हामीले स्वीकारी रहेका छौं । समाजका  सर्ब साधारण मानिस पनि ती कुरा सुन्न अभ्यस्त भइरहेका छन् । त्यसैले तिनको अन्त्य ब्यवहारमा परिणत भएको देख्न पाइरहेका छैनन् ।अनि यी समस्या निराकरण गर्ने कुनै ठोस, बस्तुगत र ब्यवहारिक कदम चालिएको छैन र चालिने लक्षणहरु पनि अहिलेसम्म देखिएका छैनन् । बरु गुपचुप राख्ने सामसुम पार्ने गतिबिधि नै निरन्तर हुँदै आएका छन् । बिरोधीहरुको मान मर्दन गर्ने हिसाव किताब गरेर मात्र यदाकदा कदम चालेर सस्तो लोकप्रियता बटुल्ने र नयाँ किसिमले पुनः भ्रष्ट गतिबिधिहरुलाई चालुराख्ने काम निरन्तर हुँदै आएको छ ।

वास्तवमा यस्तो किन भइरहेको छ भने हामीले जनताले अपेक्षा गरेको परिबर्तनको प्रतिनिधित्व गर्ने राजनीतिक अभ्यास, संस्कार र सँस्कृतिको निर्माण गर्न पटक्कै सकेका र त्यसो गर्न सिकेका छैनौ । त्यसले गर्दा पुरानै, असान्दर्भिक, त्याज्य र भ्रष्ट सत्ता शक्तिकै नबीन सँस्करण मात्र चलाईरहेका छौ । फलतः जनताले परिवर्तनको बोध त के त्यसको कुनै गन्धसम्म पाउन सकेका छैनन् । राजनीतिमा जतिसुकै ठूलो परिबर्तन भएको मानिए पनि सत्य बोल्नेहरुले निकाल्ने जीवन्त र कटु यथार्थ यही नै हो । त्यसैले राजनीतिक दलहरु र दलीय प्रणाली नै जनताको अबिश्वासको तारो बन्न थालेको छ । यस स्थितिबाट बाह्य र आन्तरिक प्रतिकृयाबादी शक्तिले आफ्नो ठाउँ बनाउने आधार पाइरहेको प्रतीत हुन्छ ।  

वस्तुतः कस्तो लाग्छ भने आज हाम्रो देश आन्तरिक र बाह्य दुबै किसिमले सबै किसिमका भ्रष्टाचारको अभिन्न अंग बनेको छ । फलतः आज नेपाली जनता नेपाल र बिश्वकै कमजोर आय बर्गका बहुसंख्यक जनता गरीब, निमुखा,असक्त र कमजोर छन् । अनि उनैमाथि नै  कुपोषण, बिमारी, बेरोजगारी, असुरक्षा जस्ता कुरा समेत ठूलो अभिशाप बनिरहेका छन् । भनिन्छ बिश्वका तीन अर्ब जनता आज पनि बहु आयामिक गरीबीको रेखामुनि छन् भनेर संयुक्त राष्ट्र संघले नै तथ्यांक दिएको छ । सहश्राब्दी लक्षले पनि यी समस्या समाधानका लागि एक दुइ अपबाद बाहेक कतै कुनै सिन्को भाँचेको देखिदैन । यसरी हाम्रो देश लगायत बिश्वकै असंख्य  जनताको स्थिति नाजुकबाट अझ नाजुकतर बन्दै गएको छ ।    

हुन त तेश्रो बिश्व युद्ध टरेको भनेर एकथरीले सन्तुष्टी प्रकट पनि गर्दै आएका छन् ।  तर बिश्वमा आज जैबिक, रासायनिक, परमाणबिक, आणबिक अनेक किसिमका अत्यन्तै घातक र खतरनाक शस्त्रास्त्रको उत्पादन र बितरण रोकिएको छैन । बिश्वमा हतियारको ब्यापार सबैभन्दा फाइदाजनक रहेको बताइन्छ । आतंकबाद र प्रतिआतंकबादको जुन माहोल  बिश्वमा उत्पन्न गरिएको छ  त्यसले मानबताका बिरुद्ध उत्पात मच्चाइरहेको छ । त्यसले गर्दा  कुनै पनि बेला कहि पनि भयंकर ठूलो युद्ध भड्किन सक्ने  र निर्दोष मानिसहरुको जीवन लीला समाप्त हुने भयंकर भयावह स्थिति ब्याप्त छ ।

यस्तो अमान्य र अस्वीकार्य स्थितिले गर्दा हामीले हाम्रो भावी पिढीको भबिष्यलाई दिनानुदिन खतरामा पारिरहेका छौ र खेलबाड भइरहेको छ । अनि लगातार प्रकृतिलाई पनि अबाञ्छित किसिमले दोहोन गरेर यसका अधिशासित नियमहरुलाई उलंघन गरिहेका छौं । प्रकृतिमाथिको यो छेडछाडले नयाँ नयाँ रोग ब्याधी, बाढी पहिरो, तापक्रम बृद्धि, जलवायु परिवर्तन, प्रदुषण आदिले मानब समाजलाई घेराबन्दीमा पारिसकेको छ । फलतः हामीले भाबी सन्ततिका लागि एउटा सुन्दर, शान्त, प्रदुषणबिहीन समाज छोडेर जाने स्थिति बिकसित हुन सकिरहेको छैन । परिणामतः यी शब्दहरुको आजकल सही अर्थ लाग्न छोडेर ती निरर्थक बन्न गएका छन् । त्यसले गर्दा आज थल, चर, नभ सर्बत्र खतरै खतरा मडारिइरहेको छ ।

आज विश्वमा बिज्ञान र प्रबिधिको अपूर्ब र उच्चतम् बिकासले पृथ्वीबासी हामी मानिसको जीवनलाई जति सहज, शान्त र सुखमय तुल्याउने भूमिका खेल्न सक्छ र सक्नु पर्छ  त्यसो हुन सकिरहेको छैन । २१औं शताब्दी पनि बिश्वका लागि अत्यन्तै चूनौतिपूर्ण र खतरनाक बन्दै गएको छ । बिश्व मानब समुदाय आज पनि हुने खाने र हुँदा खाने जस्तो घोर अमानबीय र अत्यन्तै बिषमताका बीचबाट गुज्रिरहेको छ । वास्तवमा आज फ्रान्सेली क्रान्ति र महान अक्टोबर समाजवादी क्रान्तिबाट मानब समाजले प्राप्त गरेका अभूतपूर्ब उपलब्धीहरुलाई निरर्थक साबित गर्न र संसारलाई पुरानै यथास्थितिमा चलाउने अनेक दाउपेच र षडयन्त्रहरुको चक्रब्यूहमा फँसाइएको छ र दिनानुदिन खतरा अझ बढ्दै गएको प्रतीत हुन्छ ।

यस्तो प्रकारको प्रकृति र मानब समाजघाती दुष्चक्रब्यूहलाई तोड्न र भ्रष्टाचाररहीत न्याय, समानता र सुनिश्चित भविष्य भावी पिढीलाई छोड्नका निमित्त आज विश्व मानव समुदाय खाशगरी शोषण, अन्याय, थिचोमिचो, दमन र दबाबमा परेका अत्याधिक ठूलो जन समुदाय जागरुक, सचेत, संगठित र संघर्षशील बन्नुको कुनै विकल्प छैन । त्यसैले आज भ्रष्टचार, तस्करी, कालोबजारी, माफियागिरी र कमिशनखोरीको बर्चश्वबाट मुक्त गर्न व्यापक, संगठित र सशक्त आवाज उठाउन सिक्नु र सक्नु पर्दछ । जबसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थततन्त्रलाई भ्रष्ट र अगस्थी प्रबृत्तिबाट मुक्त गर्न सकिदैन त्यसबेलासम्म पराधिनताको पासोबाट पनि देश मुक्त हुन सक्तैन र  बिपन्न बर्गले न्याय, समानता र सुनिश्चित भबिष्य पाउने कुरा पनि एउटा खोक्रो र उधारो कुरा अर्थात् ‘मृग मरीचिका’ बाहेक अरु केही  हुँदैन  । त्यसैले आज सबै ठाउँ सबै क्षेत्रबाट भ्रष्टाचार बिरोधी लडाई  लड्नु पर्ने  राष्ट्रिय र अन्तर्राष्ट्रिय लडाई पनि बनेको छ । यसको लागि अर्थ–राजनीतिक तथा  समाजिक संरचना नै आमूलरुपमा बदल्नु पर्ने  उच्चाईमा यो आन्दोलनलाई बिकसित गर्नु अत्यावश्यक भएको छ ।

Tags: भ्रष्टाचार

तपाईको प्रतिक्रिया

Related Posts

पत्र-पत्रिका

20 mins ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

25 mins ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago

ताजा समाचार

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

16 mins ago

20 mins ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

25 mins ago
सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

3 hours ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

2 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि