मोतीराम भट्ट त्यस्ता महान बिचारका कवि मानिन्छ जसले स्वेदशी खानु, स्वदेशी लाउनु, स्वदेशी ब्यवहार गर्नु, स्वदेशी बोल्नु र स्वदेशी र्हेनु पर्दछ भन्ने राष्ट्रभक्तिपूर्ण मान्यता राख्दथे । त्यसैले उनले नेपाली भाषा, सँस्कृति र कलाप्रति अत्यन्तै गर्व पनि गर्दथे । साहित्यमा समालोचनाको आरम्भ गर्ने यी सहित्यकार गजलकार, गीतकार, कथाकार, निबन्धकार,जीवनीकार तथा पत्रकार पनि थिए । उनले प्रेस पनि स्थापना गरेका थिए । वास्तवमा बहुप्रतिभाका धनी साहित्यकार साँच्चैनै देशभक्त र नेपाली साहित्यका मोती नै थिए ।
उनी दरबार हाइस्कृुलमा पढ्दा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र समशेरको दरबारमा बेलायतबाट लर्ड र्रबर्ट नेपाल भ्रमणमा आएका बेला दरबार हाइस्कूलको पनि चन्द्र समशेरले भ्रमण गराएका थिए र मोतीरामलाई प्रथम हुने बिद्यार्थी भनेर चिनाएका थिए । अनि ती आगन्तुकले उम्भिरहेका मोतीरामलाई आफ्नै हातले सीट दिएर बस्न आग्रह गरेका थिए र चन्द्र समशेरले पनि बस्न भने पछि उनी सीटमा बसेका थिए । मोतीरामका संगठनकर्ता, पुस्तकालयका संस्थापक, पत्रकार र मुद्रणकला पनि जान्ने ब्यक्तित्व थिए । अत्यन्तै देशभक्त मोतीरामले आफ्नो देशका बारेमा लेखका थिए:
अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यबनले राज गर्दा कति पतित हिन्दुस्थल भयो
फगत यो नेपालको मुलुक बचि कञ्चन रहिगयो ।
कवि भानुभक्तलाई प्रकाशमा ल्याउने र चिनाउने पहिलो नेपाली साहित्यकार मोतीराम भट्टको जन्म बिक्रम सम्वत १९२३ भाद्र कृष्णपक्ष कुशे औसीका दिन भएको थियो भने देहावसान पनि कुशे औँसीका दिन नै १९५३ सालमा अल्पायुमा नै केवल ३० बर्षको उमेरमा भएको थियो । अबिष्मरणीय र प्रतिभाशाली नेपाली साहित्यका युगीन ब्यक्तित्व मोतीरामप्रति शतत नमन !
तपाईको प्रतिक्रिया