दार्चुला । मालिकार्जुन गाउपालिकाको वडा – २ भैसेखर्क भन्ने स्थानमा बुधबार आज बिहान पहिरो जादा ११ घर जोखिममा रहेका छन ।
मानव बस्ती माथिबाट आएको पहिरोले पुरै बस्ती जोखिममा रहेको स्थानीय धिरेन सिह धामिले जानकारी दिए ।
उर्हाका अनुसार वीर सिह धामिको घर वरिपरि पहिरो रहेको र पहिरोले घर भित्र भने पस्न नपाएका कारण कुनै क्षति नभएको बताए ।
यो भन्दा पहिले २०४४ सालमा पनि पहिरो आउदा मानवीय क्षति समेत भएको थियो त्यस पछि २०७० सालमा पनि पहिरो आएको र त्यो पहिरोबाट भने कुनै पनि क्षती नभएको धामिले बताए ।
मानव बस्तिको ओर पर खोला भइ पहिरो गएकाले पनि बस्ती जोखिममा रहेको छ । अहिले पहिरो बस्तिका मानिसहरु छिमेकीको घरमा बस्दै आईरहेका छन ।
तपाईको प्रतिक्रिया