Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

कोरोना कहर,तीज पर्व र राजनीतिक परिदृष्य


कोरोना कहर,तीज पर्व र राजनीतिक परिदृष्य

—लोकनारायण सुवेदी

यस वर्षका प्रायः सबै चाड पर्वहरु कोरोना कहरले आक्रान्त छन्  ।त्यसमाथि पहाडतिर पहिरो र तराईतिर बाढीको प्रकोपले पनि चाड पर्वलाई उमंग र हर्षको बिषय रहन दिएको छैन ! यस हिसाबले हामीले रुञ्चे हाँसो हाँसेरै यो पर्वलाई गुजार्ने स्थिति छ भनेमा केही फरक पर्दैन । पाँच बर्ष अघि मात्र बिनाशकारी भूकम्पले थिलो थिलो पारेको हाम्रो देशले तंग्रिन नसकिरहेको बेला यसलाई फेरि बिश्वब्यापी कोरोना महामारी र बाढी पहिरोले मरणासन्न र थिलोथिलो पारिरहेको छ । अनि राजनीतिक जसरी संग्लो र पारदर्शी होला, सुशासन आउला भनेर सोचिएको थियो  । तर त्यो पनि एउटा मिथ्या प्रपञ्च मात्रै रहेछ भन्ने देखिएको छ । यो जालझेलको परिधिभन्दा माथि राजनीति उठ्न सकेन । जनतालाई भय, भ्रममा राखेर भ्रष्टाचारको भरमा राजनीति चलाउने असभ्य अभ्यासलाई नै लोकतन्त्रको नाम दिएर कुर्सीको खेल र चलखेल गर्ने र त्यसलाई लोकतन्त्रको अनुपम उपहार मान्ने एकथरी सानो चल्ताफिर्ता अभिजात बर्ग र तिनका आसेपासेहरुको कुरा बेग्लै हो ।

निश्चय पनि मानिस सामाजिक र साँस्कृतिक प्राणी भएकाले यसका अनेक सामाजिक र साँस्कृतिक आयामहरु छन् र हुन्छन् । पूजा–आजा, सँस्कार–साँस्कृति, धर्म–कर्म खाशखाश अर्थ–सामाजिक संरचना र आधारकै उपज र प्रतिबिम्ब हुन् तिनले त्यही अर्थसामाजिक आधारको पक्ष पोषण पनि गर्ने गर्दछन् । यो बिश्वभरीको र हाम्रो देशको पनि इतिहासको बिकास क्रमको उपज हो । त्यसलाई सत्तामा बस्न सफल भएको बर्गले स्थिति अुनसार लौकिक अलौकिक जे जस्तो बनाउँदा फाइदा हुन्छ, फाइदा लिन सक्ने अनुमान गर्दछ त्यसै अनुसारको ब्याख्या गर्ने गरिएको पनि छ । हामी चाड पर्वका मूल्य मान्यता, बिचार र तिनमा गरिने मानिसका ब्यवहारलाई हेरेर ती चाड पर्वहरु कुन चरणमा कसरी बिकसित भए र अहिलेसम्म चल्दै आए भन्ने कुराको खोज अनुसन्धान गर्न सक्तछौ र सही निष्कर्शमा पुग्न सक्तछौं । वास्तवमा चाड पर्वहरुले कुन परम्परालाई कायम राख्न र अघि बढाउन खोजेका छन्, खोजेका हुन्छन् तिनको अध्ययनबाट थाहाँ लाग्दछ । तिनमा केवल खान–पान, रमिता रमझम  र रमाइलो पक्ष मात्र हुँदैन अनेक किसिमका उपासना र पूजा र त्यसमा सहभागी हुने मानिसहरुको खाश किसिमको भूमिकाको अपेक्षा पनि ती चाड पर्वमा रहेका हुन्छन् । त्यसका अतिरिक्त चाड पर्वहरुको आर्थिक गतिबिधिहरु – किनमेल, ब्यापार निर्धारण गर्ने ठूलो भूमिका पनि रहेको हुन्छ । किनभने त्यहाँ खाने लाउने, यात्रा गर्ने, खाश सरसामान खरिद बिक्री  गर्ने गतिबिधिहरु सामेल हुन्छन् । फलत ब्यापार र ब्यापारका बस्तुहरुको कुरा पनि खाश खाश चाडपर्बमा खाशखाश किसिमको हुन्छ नै । यसरी हेर्ने हो भने आमरुपमा खाने लाउने कुराले नै चाड पर्वहरुको प्रकृति के कस्तो हो भनेर सर्ब साधारणले छुट्याउन सक्दछन् र उनीहरुको मूल सरोकार पनि तिनै कुरासँग नै हुने गर्दछ । अनि चाड पर्वलाई मँहगी कालोबजारी र तस्करीले कसरी मारमा पार्छ र केही मुठ्ठीभर ब्यापारी, तस्करी, भ्रष्टाचार र कालाबजारीले प्रभाव पार्दछन् कस्तो कमाउँदछन् भन्ने कुरा पनि पहिल्याउन सकिन्छ ।

हिजो जुन परिस्थितिमा जसरी चाडबाड चल्दै आएको भए पनि आज तिनलाई समाजिक न्याय, समानता र स्वतन्त्राका लागि प्रयुक्त गरेर जानु आजका सन्दर्भमा सामयिक र सार्थक हुन्छ । पुराना चाड पर्वहरु अहिलेसम्म के कारणले चल्दै र मानिसहरुले अबलम्बन गर्दै आए भन्ने कुराको बस्तुुगत आधार नबुझी हचुवा वा अन्धबिश्वासपूर्ण तरीकाले बुझ्ने बुझाउने गरिएकोले पनि समस्या खडा हुने गरेको छ । यसलाई हिजो र आजको पनि सही परिप्रेक्षमा बुझेर अन्ध मान्यताहरुलाई तिलाञ्जली दिने र असल मान्यताहरुलाई अझ बिकसित गर्दै आगाडि बढाएर लैजाने बैज्ञानिक पद्धति बसालिनु आवश्यक छ । सबै साँस्कृतिक चाडपर्व लगायत भर्खरै सम्पन्न सुदूर पश्चिमको बल्के पर्ब  अहिले आइरहेको तीजको सन्दर्भले  पनि यस्तै खोज अनुसन्धान,   लेखाजोखा र बिश्लेषणको माग गर्दछ ।  हिजो जे जस्तो भए पनि आज नेपाली महिलाहरुको एउटा निक्कै ठूलो समुदायको विशेष उत्सवको दिन मानिन्छ  तीजलाई ! बिज्ञान र प्रबिधिको बिकास तथा आवत जावत, भेटघाट र घुलमिलीकरणको बढ्दो प्रभावले गर्दा आज यो तीज पर्व पनि सबै समुदायका महिलाहरुको चाड बन्दै गएको देखिन्छ । अरु चाड पर्वको सन्दर्भमा पनि यही कुरा देखिदै आएको छ । यो परम्पराले हाम्रो राष्ट्रिय एकताका सुत्रहरुलाई बलियो बनाउन र परस्परको जन सद्भावलाई खँदिलो पार्न पनि मद्दत पु¥याउँदछ । त्यसैले यो पक्षलाई प्रोत्साहित गर्नु पनि आजको हाम्रो आवश्यकता पनि हो ।

अहिले तीजको मात्र कुरामा सीमित रहँने र यसको  परम्परागत साँस्कृतिक रुपको कुरालाई लिने हो भने यस दिनको सन्दर्भमा महिलाहरु अबिबाहित भए असल पति पाउने र बिवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरी निराहार ब्रत बस्ने धर्मकर्मसँग गाँसेर यसलाई प्रस्तुत गरिदै आएको छ  । तर असल पत्नी पाउन र आफ्ना पत्नीहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर पुरुषहरु यस्तै ब्रत बस्ने कुनै धार्मिक साँस्कृति चाड पर्व भने रहेको पाइदैन । त्यसैले यसको एक पक्षीय जुन मान्यता छ त्यो आजको युग र समाज सुहाँउदो छैन । असमान किसिमको छ । यसलाई परिमार्जन गरिनु पर्ने टड्कारो आवश्यकता यसले दर्शाउँदछ । अर्कोतिर अनेक कारणले आज तीज पनि अरु कतिपय चाड पर्व र उत्सबहरुलाई जस्तै निक्कै भड्किलो पर्व बन्दै गएको र बनाउँदै लगिएको छ । पहिलेदेखिनै सञ्चारमाध्यमहरुले तीजको रमझम पस्किने गर्दै आएका छन् । सञ्चार माध्यमहरु स्वयममा भएको बिकासका कारणले गर्दा पनि महिनौ दिन अगाडिदेखि यसको रौनक देखिने थालेको हो । यद्यपि यसपाली तीज पनि कोरोनाको चपेटामा परेर भड्किलो देखिनबाट जोगियो ।  तर  पनि नेपाली महिलाहरुको वास्तविक स्थिति र उनीहरुको मर्म आज के कस्तो किसिमको छ भन्ने कुरा भने यस्ता चाड पर्वको बेला खोजिने गरिएको पाइदैन । यस्ता चाडपर्वहरुलाई पनि बद्लिदो परिवेश अनुसार हिजोदेखिनै थाँती रहँदै आएका र आज उत्पन्न भएका सामाजिक उत्पीडन र आर्थिक शोषणका समस्या हल गर्ने हिसावले प्रस्तुत गर्न सकियो र सिकियो भने त्यो बढी सार्थक र जीवन्त हुन्छ। 

यस परिप्रेक्षमा नेपालीको महिलाहरुको स्थिति के कस्तो रहँदै आएको छ त्यो केलाउनु पर्ने हुन्छ । देशको जनसंख्याको ५० प्रतिशत भन्दा बढी महिला भए पनि उनीहरुलाई ३३ प्रतिशत अधिकार प्रदान गरिनुपर्ने एउटा अनौठो अन्तर्राष्ट्रिय मान्यता बिकसित गरेर प्रचार प्रसारमा ल्याइदै आएको छ र त्यसैमा घण्टौं प्रवचन दिने गरिएको छ । तर त्यो ३३ प्रतिशतकै  औचित्य, आधार र आवश्यकता किन परेको हो न महिला नेतृ न पुरुष नेता कसैले कहिले औल्याउनुपर्ने र स्पष्ट पार्नुपर्ने आवश्यकता ठानेको देखिएको छैन । हाम्रो देशको राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक जुनसकै क्षेत्रलाई हेर्दा पनि महिलाहरुको प्रतिनिधित्व न्यून र नगन्य रहेको प्रष्टै देखिन्छ । यद्यपि संस्थागतरुपमा नभएर कागतालिको रुपमा अहिले हाम्रो देशका कतिपय शीर्ष स्थानमा महिलाहरुकै नेतृत्व छ । यद्यपि यो समस्याको ठोस समाधान होइन भन्ने कुरा हाम्रै नजिकका छिमेकी देशहरु बंगालादेश, भारत, पाकिस्तान र श्रीलंकाका उदाहरणहरु लिन सकिन्छ । बंगलादेशमा दुइटा बेगमहरु पालै पालो सत्तासीन हुन्छन् सरकार चलाउँदछन् । तर त्यहाँका महिलाहरुको स्थिति के छ भनेर सबैलाई थाहा छ । भारतमा इन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री भइन तर त्यहाँका महिलाहरुको स्थिति के छ जग जाहेर नै छ । त्यस्तै पाकिस्तानमा पनि बेनजीर भूट्टो, श्रीलंकामा पनि बन्दरा नायके, चन्द्रिका कुमारतुंगाहरुले शासन नचलाएका होइनन् । तर समग्र समाज र महिलाहरुको स्थितिमा कही पनि आमूल रुपमा केही भिन्नता या फरक आएको कतै पाइएन ।  यसो हुनुको पछाडि सामन्ती तथा बिकृत पूँजीवादी  पितृ सत्तात्मक पुरुषबादी सोच र ब्यवहारको कारणले यस्तो भएको भनेर नथाक्ने महिलाहरु पनि यो स्थितिलाई बदल्न भन्दा मौका पर्नासाथ यथास्थितिमै रमाउन अभ्यस्त हुने गरेको र  भइरहेको प्रष्टै छ । त्यसैले गर्दा सबै क्षेत्रमा असमान अबस्था रहेको भए पनि उनीहरुले त्यसप्रति टाउको दुखाउनु र दिमाग खियाउनु भन्दा अहिले जो हात सोसाथकै स्थितिमा आफुलाई खडा गरिरहेका छन् । 

त्यसैले आज तीजलाई सामान्य पारिबारिक सामाजिक चौघेरामा भन्दा राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक विकृति र विसंगतिका विरुद्ध महिला चेतना अभिबृद्धि गर्ने हिसावले प्रयुक्त गरिनु र हुनु आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । यतातिर हाम्रा महिला दिदी बहिनी र उनीहरुसँग सम्वद्ध अन्य सामाजिक तथा राजनीति संघसंस्थाहरुले विशेष ध्यान केन्द्रित गर्न सके भने त्यो दूरगामी महत्वको कुरा हुनेछ । आज जसरी महिला हिंसा, बलात्कार, हत्या, दुब्र्यबहार र अपमानको पीडाबाट महिलाहरु आक्रान्त छन् त्यसले महिलाहरुलाई अझ बढी सचेत, संगठित र संघर्षशील बन्न पर्ने र सही दिशामा अग्रसर भएर लड्नुपर्ने आवश्यकता बोध गराउँदछ  र गराइरहेको छ । यस दिशामा गम्भीरतापूर्वक  परिवर्तनकामी शक्तिहहरुले र खाशगरी महिला दिदी बहिनीहरुले सोच्नु र एकताबाद्ध भएर अघि बढ्नु अत्यन्तै जरुरी छ । नत्र महिला मुक्ति प्रगतिको कुरा एउटा सामान्य गफगाफको कुरा र अन्ध मान्यताको अनुगामी भएर जाने कुरामै सीमित भएर रहने निश्चित छ ।

Tags: कोरोना कहरतीज

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

51 mins ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि