कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ मा अवस्थित जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक बक्त बहादुर शाहीले अभिभावकको जानकारी विनै विद्यालयको ५ कठ्ठा जग्गा बेचिदिएका छन्
शाही विगत १६ बर्षदेखी गाँउ समाजमा अराजकता बेथितिको ताण्डव मच्चाईरहेकाछन् । तर सम्बन्धित निकाय मौन छ ता की उसलाई केही जानकारी नै छैन ।
विद्यालयको आधिकारिक हैन बजारबाट फर्जी बिल किनेर अपारदर्शी ढंगले आर्थिक कारोबार गर्छन, जम्मा जम्मी बढीमा महिनामा १०/१५ दिन विद्यालयमा हाजिर हुन्छन् तर तलव पुरै महिनाकै बुझ्छन् ।
शाही सत्तारुढ पार्टी नेकपाका नगर सचिवालय सदस्य अर्थात घोडाघोडीका ठुलै नेता हुन् । शिक्षकको सरुवा बढुवा गरिदिन्छु भन्दै सोझा साझा बाट लाखौं रुपैंया असुल्छन् तर कसैले उनका बिरुद्धमा चुं सम्म बोल्ने आंटै गर्दैनन् । उनका काला कर्तुत र हर्कत बाट आजित अभिभावकको बहुमत संख्याले वडा सदस्य नविन बिष्टको रोहोबरमा उनीमाथि छानविन र कार्वाही गरीपांउ भनी नगरपालिका कार्यालय, ईलाका प्रशासन कार्यालय, नगर शिक्षा शाखा, जिल्ला प्रशासन कार्यालय लगाएतका सरोकारवाला निकायमा निवेदन बुझाएको ६ महिना बितिसक्यो तर उक्त तत् तत् निकायहरु कुनै एक्सन नलिएको गुनासो पोख्छन् ।
पिडित अभिभावक र सामाजिक ब्यीक्तहरु हाम्रो संचार माध्यामको सम्पर्कमा आई सत्य तथ्य बाहिर ल्याईदिन आग्रह गरेपछि हामी स्थलगत रिपोर्टिङमा खटिएका थियौं । हामीले सो क्रममा उक्त विद्यालयमा शाहीको मनोमानी, र भ्रष्ट अनी अराजक गतिविधीले सिमा नाघेको पायौं । यो सम्बन्धमा तयार पारिएको सामाग्रीको यो सानो अंश यंहा प्रस्तुत गरेका छौं ।
पुरै नालिबेली सहीतको भिडियो परिवर्तनको संवाहक युटुव च्यानल रेडस्टार टि.भि. मा हेर्न सक्नुहुनेछ । भोली बिहान साढे ६ बजे एफ. एम. रेडस्टार ९५.३ मेगाहर्जमा समेत यो बिषयमा तयार पारिएको एक बिशेष सामाग्री प्रसारण हुंदैछ । सुन्ने प्रयास गर्नुहोला साथ साथै समाजमा ब्याप्त यस्ता बिकृती बिसंगतीको न्यूनिकरण गर्दै समाजलाई स्वच्छ बनाउन उक्त भिडियो जनचेतना र भ्रष्टलाई चेतावनीको लागी बढी भन्दा बढी शेयर पनी गरिदिनहुन सम्पूर्ण सामाजिक संजाल प्रयागकर्ता मित्रहरुमा हार्दिक अनुरोध गर्दछौं ।
तपाईको प्रतिक्रिया