काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो कुराको जानकारी दिनुभएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५० जना रहेको छ । यो संगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १८ हजार २ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना पुगेको छ ।
तपाईको प्रतिक्रिया