– लेकनारायण सुबेदी
अहिले हामी विश्व महामारी कोरोना भाइरसको आक्रमणको सन्त्रासमा परेर त्यसको विरुद्ध संघर्षमा छौं । यो जीवनका लागि र वास्तवमा सुखमय जीवनका लागि गरिएको संघर्ष हो । यद्यपि यो तुच्छ र प्रलयकारी अति सुक्ष्मतम् जीबाणु मात्रै हाम्रो सुखमय जीवनको शत्रु होइन अरु पनि धेरै यस्ता बिध्बंशकारी शत्रुहरु हाम्रा सामु छन् र तिनका विरुद्ध पनि हामी जानी नजानी, सचेत,अचेत जे जस्तो भए पनि संघर्ष चलाउँदै आएका छौ । कहिले हार हात परेको छ कहिले जीत तर हामीले हार मानेका छैनौं र जीतलाई पनि सम्पूर्ण कुरा ठानेका पनि छैनौं !
दुःखी मानिस दुःखकष्टबाट मुक्त हुन र सम्पन्न मानिस सम्पत्ति जोगाउन हिंसामा उतारु हुने स्थिति पैदा हुन्छ । यसले स्पष्ट हुन्छ कि समाज जत्ति बढी दुःखी हुनेछ त्यत्ति नै क्रोधी मानिसहरु पनि बढ्ने छन् । युद्ध हुनेछ, । वास्तवमा दुःख नै सबै यस्ता कुराको मूल कारक र उद्गम हो । यदि नयाँ समाजलाई जन्माउने या पैदा गर्ने हो भने निश्चय नै दुःखका कारणहरुलाई हटाएर सुखका आधारहरु त्यसको जगमा राख्नु पर्दछ ।
वास्तवमा मानव समाजको इतिहासदेखि अहिलेसम्म हेर्दा र केलाउँदा आजसम्मको समाज मूलतः दुःखले भरिएको समाज छ । त्यसको जग नै दुःखको छ । त्यसको आधार नै दुःखको छ । किनभने समाजमा असमानता, विभेद, गरीबी, अभाव, असुरक्षा र अनिश्चितता व्याप्त छ । समाज र प्रकृतिलाई दोहन गरेर अकूत सम्पत्ति थुपार्ने मुठ्ठीभर मानिसहरु एकातिर र सामाजिक र प्राकृतिक श्रोत साधनबाट बञ्चित बहिष्कृत बहुसँंख्यक मानिसहरु अर्कोतर हुनजाँदा मानव समाज दुःखी हुने स्थिति बन्दछ । अनि त्यो समाजमा सम्पत्तिबान र सम्पत्तिहीनहरुका बीचमा संघर्ष चल्छ नै । अनि त्यस क्रममा हिंसा हुन्छ । किनभने दुःखी मानिस दुःखकष्टबाट मुक्त हुन र सम्पन्न मानिस सम्पत्ति जोगाउन हिंसामा उतारु हुने स्थिति पैदा हुन्छ । यसले स्पष्ट हुन्छ कि समाज जत्ति बढी दुःखी हुनेछ त्यत्ति नै क्रोधी मानिसहरु पनि बढ्ने छन् । युद्ध हुनेछ, । वास्तवमा दुःख नै सबै यस्ता कुराको मूल कारक र उद्गम हो । यदि नयाँ समाजलाई जन्माउने या पैदा गर्ने हो भने निश्चय नै दुःखका कारणहरुलाई हटाएर सुखका आधारहरु त्यसको जगमा राख्नु पर्दछ ।
मानिसको जीवनको सारा संघर्ष सुखका निमित्त हो । सुखलाई सहज र स्वभाविक तुल्याउनका निमित्त हो । तर त्यसो भइरहेको हुँदैन, छैन । मानिस असफल भइरहेको हुन्छ । त्यसले गर्दा मानिस र मानब समाजले दुःखको अनुभव गर्दछ । सुखलाई आफ्नो स्वामित्वमा लिन सक्तैन । त्यसैले समाजलाई प्रेममय, शान्तमय, स्वाभाविक तुल्याउनका निम्ति यसभित्र रहेका असमानता, विभेद, विकृति र विसंगतिहरुलाई तोड्न र चिर्न सक्नु र सिक्नु पर्दछ । यस्ता बिसंगत कुराहरुलाई एक वा अर्कोरुपमा कायम राखेर समाजलाई स्वच्छ, सभ्य, सौम्य र शान्त तुल्याउन सकिने छैन । त्यसैले यी समाजका, मानिसका र प्रकृति समेतका निम्ति अस्वीकार्य र अमान्य कुरा हुन् । तिनका बिरुद्ध निर्मम संघर्ष चलाउनै पर्दछ ।
संघर्षको मूलबाटो कुन हो, किन हो भन्ने कुरा सिक्नै पर्दछ । अन्यथा थप चुनौति र जटीलता थपिने र तिनको बोझले जीवन, मानब समाज र बिश्व नै झन बोझिलो हुने काम बाहेक अरु केही हुनेवाला छैन ।
यो पृथ्वी सारा मानब समाज, जीबजन्तु अर्थात् प्राणी र बनस्पतिको साझा घर हो । यसलाई बैज्ञानिक र सही किसिलमे बुझेर चल्न सकिएन भने युद्ध, अशान्ति, झैझगडा र संघर्षहरु चल्ने कुरा निश्चित छ । त्यसैले आज सामुहीक रुपमा सबैले मानव मैत्री, प्रकृति मैत्री र भबिष्य मैत्री बिकासको फराकिलो बाटो रोज्नु र खोज्नु पर्ने अपूर्ब आवश्यकता छ । यस यथार्थ वास्तकिता र आवश्यकतालाई आत्मबोध र आत्मसात गरेर अघि बढ्न खोजेमा मात्र सही परिणति ल्याउन सकिनेछ । अनि कोरोना र कोरोना लगायतका अन्य राजनीतिक, आर्थिक सामाजिक, साँस्कृतिक भाइरसरुपी बिकृति र बिसंगतिका बिरुद्ध पनि सही किसिमले लड्न र अघि बढ्न सक्छौ र सक्नै पर्दछ । संघर्षको मूलबाटो कुन हो, किन हो भन्ने कुरा सिक्नै पर्दछ । अन्यथा थप चुनौति र जटीलता थपिने र तिनको बोझले जीवन, मानब समाज र बिश्व नै झन बोझिलो हुने काम बाहेक अरु केही हुनेवाला छैन । सबैमा चेतना आओस् !
तपाईको प्रतिक्रिया