काठमाडौं । विप्लव नेतृत्वको नेकपा परित्याग गरी विभिन्न जिल्लाका विभिन्न जिम्मेवारीमा रहेका ८८ जना जनता समाजवादी दल प्रवेश गरेका छन् ।
जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र बरिष्ठ नेताहरु राजेन्द्र महतो, डा.बाबुराम भट्टराईले नवप्रवेशीहरुलाई स्वागत गर्दै आफ्नो पार्टी प्रवेश गराउनुभएको हो ।
विप्लव नेकपाका मध्य केन्द्रिय कमाण्डका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जिमि) को नेतृत्वमा ब्युरो सदस्यहरु प्रह्लाद फुयाल (जिबन), रौतहट जिल्ला पुर्ब सेक्रेटरी गोपाल जिम्बा लगाएत ८८ जना नेता कार्यकर्ता जनता समाजबादी पार्टीमा समाहित भएको भट्टराइको सचिवालयले जनाएको छ ।
पार्टी प्रवेश गराउँदै जसपा नेताहरुले हिंसात्मक राजनीतिलाई त्यागी शान्तिपूर्ण राजनीतिमा आउनु अहिलेको आवश्यकता भएको जनाउँदै यसरी हुने राजनीतिक ध्रुवीकरणले नै आफूहरुको पार्टीले सिंगो देशको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया