काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा एक साता थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले भदौ १७ गते मध्यरातिसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हो । यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेको स्रोतले जनाएको छ ।
काठमाडौं उपत्यकामा गत बुधबारबाट लागू गरिएको एक साताको निषेधाज्ञा भोलि बुधबार सकिँदैछ ।
तपाईको प्रतिक्रिया